0
गोल्डेन न्यूज संवाददाता
राष्ट्रिय माध्यमिक विद्यालय पोखरा–१, पुरानो टुँडिखेलमा नयाँ प्रधानाध्यापक वेदप्रसाद वस्तीको पदस्थापन तथा शुभकामना आदान–प्रदान कार्यक्रम  सम्पन्न भयो । विद्यालय ब्यवस्थापन समितिका निवर्तमान अध्यक्ष सीता अधिकारीको अध्यक्षता र जिल्ला शिक्षा कार्यालय कास्कीका विद्यालय निरीक्षक ईन्द्रबहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको  छ । कार्यक्रमका बोल्दै प्रमुख अतिथि विद्यालय निरीक्षक ईन्द्रबहादुर थापाले नयाँ प्रधानाध्यापक वस्तीलाई बधाई ज्ञापन गर्दै कार्यकालको पूर्ण सफलताको शुभकामना प्रकट गरे । उनले गरी वस्तीको कार्यकालमा विद्यालयले शैक्षिक गुणस्तर सुधारमा उल्लेख्य प्रगति गर्ने विश्वास समेत ब्यक्त गरे। उनले विद्यालयको समुन्नतीमा स्थानीय समुदाय र राजनीतिक दलका प्रतिनिधिहरुलाई सर्वसम्मत रुपमा विद्यालय ब्यवस्थापन समिति गठन गरी  हातेमालो गर्न आग्रह गरे । उक्त अवसरमा बोल्दै नवनियुक्त प्रधानाध्यापक वेदप्रसाद वस्तीले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र स्थानीय समुदायसँगको सम्बन्ध सुधार÷विस्तार गर्न आफू मनैदेखि लागिपर्ने प्रतिबद्धता जनाए । उनले आउँदै गरेका महान पर्वहरु शुभ दिपावली, छठ पर्व एवं नेपाल संवत्को अवसरमा शुभकामना ब्यक्त गरे । कार्यक्रममा टुँडिखेल स्रोत केन्द्रका स्रोतब्यक्ति मोहदत्त पोखरेल, शिक्षक अभिभावक संघका अध्यक्ष सुशिला सापकोटा लगायत  निवर्तमान विद्यालय ब्यवस्थापन समितिका सदस्यहरु, शिक्षक अभिभावक संघका सदस्यहरु, पूर्व विद्यालय व्यवस्थापन समितिका पूर्व  अध्यक्षहरु÷सदस्यहरु स्थानीय संघ÷संस्थाका प्रतिनिधिहरु, राजनैतिक दलका प्रतिनिधिहरु एवम् विद्यालयका शिक्षक कर्मचारीहरु सहभागी थिए । शिक्षक नारायण प्रसाद चापागाँईले संचालन गरेको कार्यक्तममा शिक्षक घनश्याम रेग्मीले स्वागत, समाजसेवीहरु वालकृष्ण कोइराला, चेतबहादुर गुरुङ, जीवन अधिकारी, भानुभक्त अधिकारी, चन्द्रबहादुर गुरुङ, तिलक कोइराला, टंकनाथ पौडेल, जग्गादाता माधव पराजुली, प्राध्यापक राजेन्द्र तिवारी, पूर्व प्रधानाध्यापक कृष्ण पौडेल र स्रोतब्यक्ति मोहदत्त पोखरेल लगायतले नयाँ प्रअलाई बधाई तथा शुभकामना ज्ञापन गरेका थिए।


Post a Comment

 
Top