0
गोल्डेन न्यूज संवाददाता
सातौँ विग आइकनको ‘को–स्पोन्सर’को रुपमा देउराली टेस्ट एण्ड फ्लेभर इन्डस्ट्रिजको उत्पादन पिपलडाली मसलाले सहकार्य गरेको छ । बिग आइकनसँग ‘पिपलडाली मसला’ले व्यवसायिक सहकार्य गरेको यो सहित दोस्रो पटक हो । विहीबार बिग एफएमका मार्केटिङ म्यानेजर कमल बराल र देउराली टेस्ट एण्ड फ्लेभर इन्डस्ट्रिजका कन्ट्री म्यानेजर नेत्र खाँडबीच व्यवसायिक सहकार्यको विषयमा सम्झौता भएको हो । सम्झौतापछि बिग एफएमका मार्केटिङ म्यानेजर बरालले गायन रियालिटि शो बिग आइकनमा पिपलडाली मसलाले व्यवसायिक सहकार्य गर्नु राम्रो कुरा भएको बताए । ‘हामीसँग निरन्तर रुपमा कम्पनीले सहकार्य गरिरहेको छ । र, यो सहकार्य अझै निरन्तर रुपमा अगाडि  बढ्दै जाओस् भन्ने म चाहन्छु ।’ बरालले भने । त्यस्तै देउराली टेस्ट एण्ड फ्लेभर इन्डस्ट्रिजका कन्ट्री म्यानेजर नेत्र खाँडले बिग आइकनको उचाँईलाई देखेर नै आफुहरु सहकार्यको लागि तयार भएको प्रतिक्रिया दिए । ‘यसले बिग आइकनलाई मात्र नभएर हाम्रो उत्पादनको बजार विस्तारका लागि पनि सहयोग गर्छ ।’ खाँडले भने । बिग आइकनको सातौँ सँस्करणमा हालसम्म मुख्य प्रायोजकको रुपमा सामसुङ मोबाइल, इन एशोसियसन विद टाइटलमा कान्साई पेन्ट्स नेपाल, पावर्ड बाइ टाइटलमा स्यालुट गोर्खा ट्रेनिङ सेन्टर, सपोर्टेड बाइ टाइटलमा पोखरा ट्रेड मल, हस्पिटालिटि पार्टनरमा होटल बाराहि, टेलिभिजन पार्टनरमा एभिन्यूज, म्यागेजिन पार्टनरमा वेभ र मिडिया पार्टनरमा कान्तिपुर साप्ताहिक र समाधान दैनिकले सहकार्य गरिसकेका छन् ।



Post a Comment

 
Top