0
डिफेण्डिङ च्याम्पियन पोखराको मालेपाटन युवा क्लव ए को समूह पोखरामा जारी संगम कप सेभेन ए साईड फुटवल प्रतियोगिता २०७३ को क्वाटरफाईनमा प्रवेश गरेको छ। पोखराको संगम क्लवको आयोजनामा माछापोखरी खेल मैदानमा विहिबार भएको खेलमा मालेपाटनले ए.आई.जी.एफ.सी.लाई ३–० ले पराजित गर्दै अन्तिम ८ मास्थान बनाएको हो । मालेपाटनको जितमा विवेक गुरुङ, विष्णु गुरुङ र लक्ष्मण रुचालले एक एक गोलको योगदान दिए। बिहीबार भएको पहिलो खेलमा दिव्य ज्योति क्लवले एस.एन. एस. बी–थट्टिनलाई १–० को झिनो गोल अन्तरले पराजित गर्दै क्वाटरफाईनल मा यात्रा बनाएको हो । दिव्यको जितमा अविशेक गिरीले निर्णायक गोल गरे । ए.वाई.सी. भण्डारढिकले नेपाल मुस्लीम क्लव माथि ७–० को एकतर्फी गोल बर्षाउँदै अन्तिम आठमा स्थान बनाएको हो । ए.वाई.सी को जितमा विशन गुरुङले ४ गोलको योगदान दिए। एल.जी. एशोसिएशनले एस.वाई.सी. बी थट्टीन ए लाई २–१ को गोल अन्तरले पराजित गर्यो। विरेन गुरुङको निर्णायक एक गोलको मद्धतले नव प्रतिभा युथ क्लवले युनाईटेड क्लवलाई १–० ले पराजित गरेको हो। विहिबार भएको अन्तिम खेलमा आयोजक संगम क्लव ए को समुहले शितल ज्योति क्लवलाई टाइब्रेकरमा २–० ले पराजित गर्दै क्वाटरफाइृनलमा यात्रा बनाएको हो । निर्धारित समयमा दुबै तर्फ गोल रहित खेल बराबरीमा टुंगिए पनि खेल निर्णायका लागि टाईब्रेकरमा पुगेको हो।




Post a Comment

 
Top