0
महिला समाज सेवा समिति चिप्लेढुङ्गा, पोखराको आयोजनामा शुभकामना आदान–प्रदान तथा ज्येष्ठ महिलाहरुलाई सम्मान कार्यक्रम आइतबार सम्पन्न भयो । कार्यक्रमको उद्घाटन गर्दै संस्थाका सल्लाहकार नारायण प्रसाद पराजुलीले गरेका थिए । कार्यक्रममा  ज्येष्ठ महिलाहरु कुन्तादेवी सुवेदी, टोपकुमारी पराजुली, चन्द्रकला बाँस्तोला, भुवन कुमारी पराजुली, सानुमाया पराजुली, विष्णुमाया पराजुली, विष्णुमाया बाँस्तोला, सावित्री पराजुली, खड्गमाया पराजुली, अम्विका पराजुली अम्विका पराजुली, पार्वती पराजुली, रुपा बाँस्तोला रन्नती पराजुलीलाई दोसल्ला र मायाको चिनोद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका संस्थाका सल्लाहकार नारायण प्रसाद पराजुलीले सामाजिक गतिविधिमा महिला समाज सेवा समितिको भूमिका महत्वपूर्ण रहेको बताए । समितिका अध्यक्ष शारदा पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यसमिति सदस्य नर्मदाले पराजुली स्वागत, संचालन सचिव गायत्री पराजुलीले गरेकी थिइन भने अतिथि नुर प्रसाद गौतम, संस्थाका सदस्यहरु सरस्वती पराजुली, शोभा पौडेल, शोभा पराजुली, ज्ञानु पराजुली, शुष्मा पराजुलीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।




Post a Comment

 
Top