0
गोल्डेन न्यूज संवाददाता
लेखनाथमा प्रधान कार्यालय र पोखरामा शाखा कार्यालय रहेको एभरेष्ट सहकारी संस्था लि.को १८औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन संस्थाका अध्यक्ष शालिकराम भट्टराईले गरेका थिए । उक्त अवसरमा बोल्दै अध्यक्ष भट्टराईले सबै शेयर सदस्यको सल्लाह र सुझाव अनुसार नै सहकारीलाई अघि बढाउने प्रतिवद्धता जनाए । उनले संस्थालाई अझ गतिविशिल बनाएर अघि बढाउन सबैको सहयोग अति आवश्यक भएको समेत स्पष्ट पारे । कार्यक्रममा बोल्दै संस्थाका सल्लाहकार प्रा.डा. राधेश्याम कायस्थले सहकारी चल्न सबैको सहकार्य आवश्यक हुने भन्दै कुरामा भन्दा काममा ध्यान दिन आग्रह गरे । शेयर सदस्य शरदकान्त सिग्देलले सहकारीलाई अझ दरिलो बनाउन ठोस नीति र गुरुयोजना सहित अघि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा स्वागत गर्दै संस्थाका उपाध्यक्ष हेरम्वप्रसाद कोइरालाले संस्थाले सोचेअनुरुप नै प्रगति गरेको भन्दै सहकारीको दायरा अझै फराकिलो बनाउन जरुरी रहेको बताए ।  कार्यक्रमको संचालन सचिव पवित्रराज रेग्मीले गरेका थिए । २०५५ सालमा स्थापित सहकारीमा ५०० जना सदस्य रहेका छन् ।  २ करोड रुपैयाँ कूल पुँजी रहेको संस्थाले गत आवमा ३९ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको सहकारीका कार्यालय प्रमुख वासुदेव पौडेलले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।





Post a Comment

 
Top