0
गोल्डेन न्यूज संवाददाता
कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक धनश्याम अर्यालले सवैको हर्ष र उल्लासका रुपमा मनाईने चाडवाडलाई विकृति र विसंगति रहित बनाउनुपर्नेमा जोड दिएका छन्। सामुदायिक सेवा केन्द्र लेखनाथले मंगलवार विजयादशमी तथा दीपावलीको अवसरमा राखेको शुभ कामना आदानप्रदान एवंम शान्ति सुरक्षा विषयक अन्तत्र्रिmया कार्यक्रममा बोल्दै एसपी अर्यालले विकृति र विसंगतिको अन्त्य गर्न सके मात्र सभ्य समाज निर्माण हुनेमा जोड दिएका हुन्। प्रहरीले मात्र केही गर्न नसक्ने तर्क राख्दै जनता र प्रहरीको हातेमालोबाट समाजलाई कस्तो बनाउने हो भन्नेतर्फ सोच्न सवैमा अनुरोध गर्दै प्रहरी निरीक्षक अर्यालले चाडवाडमा हुन सक्ने चोरी, डकैती, हत्या हिंसा र विकृतिजन्य कार्यको रोकथामका लागि जनता पनि विना वर्दीका प्रहरी भएकाले त्यसतर्फ सचेत हुन उनले सवैमा अनुरोध गरेका थिए। सामुदायिक सेवा केन्द्र लेखनाथका अध्यक्ष ज्ञानेन्द्र बजगाईको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला समन्वय समितिका कास्कीका अध्यक्ष विष्णु बहादुर भट्टराई, जिल्ला सदस्य बोधराज कार्की, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, नेपाली काग्रेस लेखनाथ नगर सचिव ध्रुवनाथ अधिकारी, नेकपा एमाले लेखनाथ नगर समन्वय समितिका संयोजक मोहन गुरुङ, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य शिवजी लामिछाने, राप्रपा नेपालका लेखनाथ नगर अध्यक्ष हरिवहादुर जिसी, सेवा केन्द्रका संस्थापक अध्यक्ष मोती गिरी लगायतले असल कुराको अनुशरण र खराव चिजको अन्त्य गर्नका लागि सामुहिक प्रयासको आवश्यकता पर्ने धारणा राखेका थिए।सेवा केन्द्रका उपाध्यक्ष रमेश ओझाले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन सचिव त्रिलोचन लामिछानेले गरेका थिए भने धन्यवाद ज्ञापन पूर्व अध्यक्ष शैलेन्द्रमोहन भट्टराईले गरेका थिए। यसैगरी आउँदै गरेको चाडबाडमा हुने चोरी, डकैति, लुटपाटलाई न्युनिकरण गर्नका लागि सशस्त्र प्रहरी बल कालिका गण २४ सै घण्टा सुरक्षा दिन तयार रहेको गणका डिएसपि दिनेश शर्माले बताए । अभियान युवा क्लबद्वारा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा शर्माले उक्त कुरा बताएका हुन् । डिएसपि शर्माले खबर आउनासाथ तत्कालै सेवा दिनका लागि सशस्त्र प्रहरीबल तयारी अवस्थामा रहेको कुरा बताए । उनले भने–‘समयमा खबर नआउनाले धनजनको क्षति हुने गरेको छ ।’ कुनै दुर्घटना, झगडा, चोरी जस्ता अपराधमुलक कार्यको जानकारी भएमा १११४ मा खबर गरेमा तत्कालै सेवा दिन सशस्त्र प्रहरी बल तम्तयार रहेको कुरा पनि शर्माले कार्यक्रममा बताए ।  कार्यक्रममा अतिथिहरुले आउदै गरेको बिजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा सुर्य चन्द्र विकास समाज, वडा महिला टोल समन्वय समिति, तया मचा नाच समिति, दलित जिल्ला समन्वय समिति कास्की, स्वतन्त्र पत्रकार महासंघ, लायन्स क्लव अफ सिर्जना चौतारी, बाल क्लव, अभियान महिला उप–समिति, विभिन्न टोल विकास संस्थाहरु, विशिष्ट व्यक्तित्वलगाएत स्थानिय बासिन्दाको उपस्थिति रहेको थियो ।


Post a Comment

 
Top