0
गोल्डेन न्यूज संवाददाता
पोखराको डेविड फल्स क्लव र पोखराकै एकता फुटवल क्लव पोखरामा जारी संगम कप सेभेन ए साईड फुटवल प्रतियोगिता २०७३ को प्रि–क्वाटरफाईनलमा प्रवेश गरेका छन। पोखराको संगम क्लवको आयोजनामा माछापोखरी खेल मैदानमा सोमबार भएको  खेलमा डेविडफल्सले आयोजक संगम क्लव बीको समूहलाई २–१ को गोल अन्तर र अर्को खेलमा एकताले मालेपाटन युनाईटेड ए को समूहलाई २–० ले पन्छाउँदै अन्तिम १६ मा स्थान बनाएका हुन।त्यसैगरी सोमबार भएको पहिलो चरणका खेलमा सुनधारा एफसीएले आयोजक संगम सीको टिमलाई ३–१ को गोल अन्तरले पराजित गर्यो । अर्को खेलमा नव प्रतिभा एफ.सी.ले लेकसाईड गनर्सलाई टाईब्रेकरमा ३–१ ले पन्छायो । निर्धारित समयमा दुबैतर्फ एक एक गोल पछि खेल निर्णायकको लागि टाईब्रेकरमा धकेलिएको हो । मेरो नेपाल  युथ क्लवले नयाँ गाउँ एफ.सी.लाई सडेन डथमा पराजित गरेको छ । निर्धारितमा दुवैतर्फ एक–एक र टाइब्रेकरमा दुवैतर्फ ३÷३ गोल भएपछि खेल सडेन डेथबाट ४–३ को नतिजाले टुंगो लागेको हो। ए.सी. मिलानले फेदी एफ.सी.लाई १–० ले पराजित गर्यो । मन्दिश गुरुङले एसी मिलानको जितमा निर्णायक गोल गरेका हुन । भलाम एफ.सी. र शिशुवा एफ.सी.ले सोमबारको खेलमा सहज जित दर्ता गरे ।  लेकसाईड जुनियर नआए पछि भेलाले वाकओभर पायो भने जि.पी. युनाईटेड प्रतियोगिताको समयमा नआए पछि शिशुवाले वाकओभरमा जित हासिल गरेको हो । मंगलबार दोश्रो चरणका ६ खेलहरु हुने भएको क्लवका सह–सचिव सुवास गुरुङले बताए ।

Post a Comment

 
Top