0
चिप्लेढुङ्गा–सिद्धार्थचोक व्यवसायी समितिले विजया दशमी तथा दीपावलीका साथै नेपालीहरुको सम्पूर्ण पर्वको अवसर विविध कार्यक्रम आयोजना ग¥यो । समितिद्वारा मंगलबार आयोजित एक कार्यक्रममा शुभकामना आदान–प्रदान, पोउवासंघमा निर्वाचितहरु लाई सम्मान र सरसफाइ र ३० वटा डस्विन वितरण गरिएको समितिका अध्यक्ष देवबहादुर (डि.वि.) भुजेलले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।  समितिका उपाध्यक्ष पूर्ण बहादुर थापाको अध्यक्षतमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि, पोखरा उद्योग वाणिज्य संघकी उपाध्यक्ष विन्दु कोइराला सुवेदीले चिप्लेढुङ्गा–सिद्धार्थचोक व्यवसायी समितिले स्थापनाकालदेखि नै उत्कृष्ट र नमूना काम गर्दै आएको भन्दै यस कार्यलाई सदैव निरन्तरता दिन आग्रह गरिन् । समितिका सल्लाहकार एवं पोउवासंघका कोषाध्यक्ष पवनकुमार प्रजापतीले आफूपनि चिप्लेढुङ्गाको व्यवसायीनै भएकाले समितिले गर्ने प्रत्येक गतिविधिमा आफ्नो र पोउवासंघ को समर्थन र सहयोग रहने प्रतिवद्धता जनाए । पोउवासंघका कार्यसमिति सदस्य प्रेम भुजेलले समितिले शुरुवाती देखिनै रचनात्मक काम गर्दै आएको भन्दै यसमा सबै व्यवसायीलाई एकसाथ लिएर अघि बढ्न सुझाव दिए। उनले चिप्लेढुङ्गा पोखराको मुख्य बजार भएकाले चिप्लेढुङ्गामा गरिने प्रत्येक गतिविधिले अन्यलाई महत्वपूर्ण शिक्षा हुने स्पष्ट पारे । समितिका अध्यक्ष एवं पोउवासंघका सदस्य देवबहादुर (डि.वि.) भुजेलले चिप्लेढुङ्गालाई पोखराकै नमूना सहर बनाउने प्रतिवद्धता जनाए । उनले सफा सहर समितिको अवधारणा भएकाले यसकार्यमा सबैको सहयोग अपरिहार्य भएको बताए ।  कार्यक्रममा समितिका सल्लाहकार गणेश छवि, कार्यक्रम संयोजक एवं समितिका सदस्य पिताम्वर छामिछाने, समितिका सचिव मोती भुजेल लगायतले समितिको गतिविधिमाथि प्रकाश परेका थिए । उक्त अवसरमा पोउवासंघका कार्यसमिति सदस्य यामनाथ पौडेल, गिरधारी अधिकारी, अनिल सिग्देल, कमलबहादुर बस्नेत, नारायण पौडेलका साथै चिप्लेढुङ्गा टोल विकास संस्थाका अध्यक्ष भरतराज पराजुली, चिप्लेढुङ्गा पश्चिम सडक उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद पराजुली, महिला समाज सेवा समितिकी सचिव गायत्री पराजुली, पूर्व अध्यक्ष सरिता पराजुली, समाजसेवीद्वय वसन्त पराजुली र अशोक पराजुली लगायत सहभागी थिए ।

Post a Comment

 
Top