0
कोन सामुदायिक वचत तथा ऋण सहकारी संस्था लिमिटेडका सदस्य टोली ११ दिनको विदेश भ्रमण सम्पन्न गरी सोमवार पोखरा फर्केको छ । गत असोज  २७ गते पोखरावाट हिडेको टोली मलेशिया, सिंगापुर र थाइलेण्ड देश घुमेर फर्केको हो । उपमहानगरपालिका वडा नं १३ स्थित कोन सहकारीका अध्यक्ष शरदकान्त सिग्देलको नेतृत्वमा ३८ जनाको समुह सफलता पुर्वक भ्रमण सम्पन्न गरि फर्केको भ्रमणका संयोजक शान्तकुमार श्रेष्ठले बताए। मलेसियको रमणीय स्थान ट्विन टावर, के एल टावर, रेल ओए स्टेशन, सिंगापुरको नाइट सफारी, सेंटोसा, फि फि आइसलैंड, थाइलेण्डको गोल्डेन बुद्ध र सि वल्ड लगायतका विश्वको ध्यान खिच्न सफल स्थानको अवलोकन गरिएको थियो । सदस्यहरुलाई नयाँ नयाँ स्थान, नयाँ कुराहरुको खोजी, अनुभवको आदान प्रदान भाइचारा र आत्मियताको अभिवृद्धि गर्न भ्रमणले ठूलो सहयोग पुगेको सहकारीका अध्यक्ष शरदकान्त सिग्देलले वताए । समुदायमा छरिएर रहेको पुंजीलाई एकत्रित गरी आफ्ना सदस्यहरुको आर्थिक, सामजिक र सांस्कृतिक पाक्षलाई सवल र सुदृढ वनाई स्वास्थ र समुन्नत समाजको निर्माणमा राष्ट्रलाई योगदान पु¥याउने उद्देश्यले सहकारीको स्थापना भएको सिग्देलले भने ।


Post a Comment

 
Top