0
गोल्डेन न्यूज संवाददाता
नेकपा माओवादी केन्द्र वडा कमिटी वडा नम्बर १० पोखराले आफ्नो वडालाई सफा र प्रकाशयुक्त बनाउने भएको छ । दिपावलीको अवसर पारी पोखरा–१० लाई प्रकाशयुक्त र फोहोरमुक्त गर्नका लागी माओवादी केन्द्र वडा नम्बर १० ले विविध कार्यक्रमहरुको आयोजना गर्न लागेको सोमबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो । सो अवसरमा वोल्दै नेकपा माओवादी केन्द्र वडा कमिटी वडा नम्बर १० का अध्यक्ष राम बहादुर थापा मगरले माओवादी केन्द्र वडा नम्बर १० ले आफ्नो वडा भित्र पर्ने पृथ्वी राजमार्गलाई प्रकाश युक्त र फोहोरमुक्त बनाउने उद्देश्यका साथ अगाडी वढेको वताए । जस अनुसार आगामी बुधवार पोखरा रंगशाला देखि अमरसिंह चोक सम्म बृहत सरसफाइको आयोजना गरिएको थापा मगरले बताए । मगरका अनुसार छिट्टै नै आफूहरु विभिन्न टोल संघ सस्था तथा ब्यापारी हरु संग सहकार्य गरेर चाइनापुलदेखि अमरसिंह सम्म १० नम्बर वडा अन्तर्गत पर्ने पृथ्वी राजमार्गमा सौर्यवत्ती जडान गरी प्रकाशयुक्त वडा निर्माण गर्न आफूहरु लागि परेको बताए । पहिलो चरणको अभियानमा आफूहरुले बुधबार बृहत सरसफाइ र बिहीबार पोखराको बुद्धचोकमा रहेको कान्तिपुर पार्टी प्यालेसमा शुभकामना आदान–प्रदान कार्यक्रम गर्ने र दोश्रो चरणमा सौर्य बत्ती जडानमा अगाडि वढ्ने कार्यक्रम संयोजक तथा पोखरा क्षेत्रीय अन्तराष्ट्रिय चिडियाखाना निर्माण समितीका अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए । सो पत्रकार सम्मेलनमा वडा नम्बर १० का विभिन्न संघ–संस्था, टोलबिकास समिति, संघ सस्थाका प्रतिनिधिहरु को सहभागिता रहेको थियो भने कार्यक्रम वडा कमिटी वडा नम्बर १० का सचिव सूर्य बानियाले संचालन गरेका थिए ।

Post a Comment

 
Top