0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका वडा नं. १२ को वडा नागरिक मञ्च पोखरा १२ ले पोखरा उपमहानगरपालिका वडा नं. १२ मा अवस्थित सेवा हस्पिटल सञ्चालन सम्बन्धमा अनुगमन तथा जानकारी लिएको छ । स्वास्थ्य उपसमिति संयोजक डिलाराम लामिछानेको संयोजकत्वमा उक्त अनुगमन गरिएको थियो । अस्पतालको संचालन, अस्पतालको भौतिक अवस्था, विरामीसंगको अन्तत्र्रिmया, ल्याव संचालन, फोहर मैलाको व्यबस्थापन बिषयमा अनुगमन र अन्तत्र्रिmया गरिएको थियो । अनुगमनमा वडा नागरिक मञ्चका संयोजक कल्पना ढकाल, सह–संयोजक विरवहादुर थापा, सामाजिक परिचालक निर्मला सापकोटा शर्मा लगायत वडा नागरिक मञ्चका सबै सदस्यहरु सहभागी थिए ।  अस्पताल प्रशासनले आफ्नो सेवा आवश्यकता बमोजिम सुचारुरुपमा नै संचालनमा रहेको जानकारी दिएको छ । स्मरण रहोस् वडा नागरिक मञ्च पोखरा–१२ गत वर्ष पोखराको दोस्रो स्थानमा घोषित हुन सफल भएको थियो । नगरपालिकाले काम र कार्य प्रगतिको आधारमा यसको मूल्याङ्कन गर्दै आएको छ ।

Post a Comment

 
Top