0
गोल्डेन न्यूज संवाददाता
पाोखराको पार्दीमा रहेको बाराही बचत तथा ऋण सहकारी संस्था लिमिटेडको हालै सम्पन्न भएको १७ औं साधारणसभाले दुर्गा बहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । त्यसै गरी उपाध्यक्षमा महेन्द्र कुमार श्रेष्ठ, सचिवमा एकदेव बराल, कोषाध्यक्षमा केदारनाथ ढुङ्गाना र सदस्यहरुमा हेमराज पहारी, क्षेत्रकुमार श्रेष्ठ, राधिका शर्मा, कमला देवी पंगेनी, बेदप्रसाद पाण्डे, मसिना बराल, गणेश प्रसाद लम्साल निर्विरोध निर्वाचित भएका हुन । लेखा समितिका संयोजकमा दिनवन्धु गौतम, सदस्यमा जमुना अधिकारी र धर्मदत्त तिमिल्सिना चयन भएका छन । संस्थामा हाल २ करोड ५१ लख ८८ हजार ४ सय ५२ रुपैयाँ निक्षेंप संकलन भएको छ भने २ करोड ९२ लाख ९० हजार कर्जा लगानी भएको सदस्य हेमराज पहारीले बताए । संस्थामा हाल ४ सय ७७ शेयर सदस्यहरु रहेका छन । सस्ंथाले २०७३ असार मसान्तरसम्म ८३ लाख ८० हजार ३ सय ९ रुपैया नगद मौज्दात गरेको थियो भने कर पछिको नाफा १८ लाख ५ हजार ४ सय २५ रहेको पहारीले जनाए ।














Post a Comment

 
Top