0
गोल्डेन न्यूज संवाददाता
पोखराको रामबजारमा जारी महोत्सवमा दर्शकको घुईचो बढ्दै गएको छ । रामबजारमा युथ क्लबले गरेको महोत्सव कात्तिक १३ गतेसम्म चल्ने छ । महोत्सवमा सवै उमेर समूहका दर्शकहरुको घुईचो बढ्दै गइरहेको छ । दर्शक बढ्दै जादाँ खुशी छांै आयोजक क्लबका अध्यक्ष कुमार थिङग तामाङले भने–‘सवैलाई महोत्सवमा आउन आग्रह गर्दछौं ।’ महोत्सवमा सांस्कृतिक कार्यक्रम, बाल उद्यान मुख्य आकर्षण बनेको छ । महोत्सवमा तिहारका लागि आवश्यक लत्ताकपडा र सामाग्री किन्नेको समेत घुईँचो लाग्ने गरेको छ । रामबजारको पहिचान र विकासको मुख्य उद्देश्यले महोत्सव गरिएको हो । महोत्सवले कला संस्कृतिको प्रवद्र्वन गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्वनमा समेत टेवा पु¥याउने अपेक्षा गरिएको छ । महोत्सवको आकर्षणमा लोक नृत्य, राष्ट्रिय एवं स्थानीय कलाकारहरुको प्रस्तुति, जातीय झाँकी, खानेकुरा तथा खेलकुदका स्टल, बाल उद्यान रहेका छन् । आऔ, खाऔ अनि रामबजार मै रमाऔ भन्ने मूल नाराका साथ आयोजित महोत्सव झण्डै ९० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

Post a Comment

 
Top