0
लेखनाथ पत्रकार मञ्च विहीवार पुनर्गठन गरेको छ । सर्वसम्मत रुपमा चयन भएको तदर्थ समितिको संयोजकमा भीमपाणी बराल सह–संयोजकमा कविराज खनाल, सचिवमा विष्णुहरी पौडेल, सह–सचिवमा स्मीता अधिकारी र कोषाध्यक्षमा सन्दिप पौडेल र समितिको सदस्यमा महेन्द्र ढुङगाना र राजन परियार रहेका छन । भेलाले प्रस्तावित विधानमाथि छलफल गरि मस्यौदा समितिको संयोजकमा कविराज खनाल र सदस्यमा महेश्वर पाण्डे र भरत प्रसाद तिवारीलाई जिम्मा दिईएको छ । यसैबीच विहीवार भएको कार्यसमितिको बैठकले पाँच सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । सल्लाहकार समितिमा नवराज सापकोटा, रामप्रसाद तिमिल्सिना, ऋषिकान्त पौडेल, हरि बाँस्तोला र राजेश कुमार घिमिरे रहेका छन ।


Post a Comment

 
Top