0
गोल्डेन न्यूज संवाददाता
कास्कीमा तिहारको अबसरमा राती १० बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । सुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालयले राति १० बजेपछि देउसी भैलो लगायतका सास्कृतिक कार्यक्रम नगर्न अनुरोध गरेको छ । कार्यालयले विहीवार सूचना प्रकाशित गरी देउसीभैलो लगायतका सांस्कृतिक कार्यक्रमहरु रातको समयमा गर्दा अवाञ्छित गतिविधिमा संलग्न ब्यक्तिहरुले शान्ति सुरक्षामा प्रतिकुल असर पुर्याउन सक्ने भएकाले राति १० बजेसम्म मात्रै देउसी भैलो लगायतका कार्यक्रम गर्न आग्रह गरेको छ । साथै दिपावलीको अबसरमा भुइचम्पा, पटका, अतसवाजी लगायतका विष्फोटक पदार्थको प्रयोग नगर्न आग्रह गरिएको छ । विष्फोटक पदार्थको उत्पादन, आयात, निर्यात तथा विक्रीवितरण नगर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयले निषेधित कार्यमा संलग्न भएको पाइए कारवाही गर्ने समेत चेतावनी दिएको छ ।





Post a Comment

 
Top