0
लोक–संस्कृति जगेर्नाका लागि बीस वर्ष अघिदेखि क्रियाशील पोखराको लोक साँस्कृतिक क्षेत्रको धरोहर हिमाली साँस्कृतिक परिवारले काठमाडौं र बुटबलमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने भएको छ । हिमाली साँस्कृतिक परिवारको साँस्कृतिक यात्रा अन्र्तगत मंसिर १८ गते शनिवार काठमाण्डौंका पुलिस क्लवमा र मंसिर २६ गते शनिवार बुटवलमा विशेष साँस्कृतिक कार्यक्रम गर्ने निर्णय भएको अध्यक्ष मेनकाजी गुरुङले जानकारी दिए । कार्यक्रमहरुलाई भव्यताका साथ सम्पन्न गर्नका लागि विहीवार सम्पन्न हिमाली साँस्कृतिक परिवारको बैठकले परिवारका संरक्षक नरबहादुर शेरचनको संयोजकत्वमा अध्यक्ष मेनकाजी गुरुङ, बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर थापा, सचिव श्रीजंग गुरुङ र सहसचिव भेषराज गुरुङ सदस्य रहेको मुल आयोजक समिति गठन गरिएको छ । यस्तै बरिष्ठ सल्लाहकार बुद्धिप्रसाद गुरुङ गौरीको संयोजकत्वमा सनबहादुर गुरुङ, शेरबहादुर रोक्का, इश्वरी राना र संगीता आले सदस्य रहेको नृत्य तयारी समिति गठन गरिएको छ ।

Post a Comment

 
Top