0
पोखरा उपत्यका बृहत सफाइ अभियानको २१ औं हप्ता भव्यताका साथ सम्पन्न भएको छ । पोखरा २, हरिचोकस्थित विन्ध्यवासिनी चोकसम्म सफाइ अभियानमा झण्डै ७ टन फोहोर मैला संकलन गरिएको सामाजिक अभियन्ता एवं टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष माया सुवेदीले जानकारी दिइन् । वडा प्रहरी कार्यालय, बगरका इञ्चार्ज किशोर लम्सालको विशेष उपस्थितिमा भएको कार्यक्रममा मुक्तिनाथ विकास बैंक, अभियान युवा क्लब, अनन्ता सामुायिक सेवा समिति, अभियान क्लब महिला उपसमिति, वडा प्रहरी कार्यालय बगर, दीप युनाइटेड क्लब, क्राउड्स नेपाल लगायत स्थानीय वडाबासीको उपस्थिति रहेको अभियन्ता धनञ्जय पौडेलले जानकारी दिए । यसअघि उपस्थित सहभागीलाई वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक किशोर लम्सालले सफाइ अभियान सम्बन्धी सपथ गराएका थिए । कार्यक्रममा मुक्तिनाथ विकास बैंकले १ हजार जोर डिस्पोजल ग्लोब र मास्क सहयोग स्वरुप उपलब्ध गराएको अभियन्ता अञ्जु क्षेत्रीले बताइन् । कार्यक्रमलाई पोखरा उपमहानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेलले धन्यवाद ज्ञापन गरेका थिए । २२ औं हप्ताको सफाइ कार्यक्रम विन्ध्यवासिनी पार्कबाट सुरु गरिने अभियन्ता चन्द्रबहादुर गुरुङले बताए ।





Post a Comment

 
Top