0
गोल्डेन न्यूज संवाददाता
पोखरा १३ कार्तिक ।
पोखराको शान्ति नगरचोकमा कार्यालय रहेको चापाकोट–पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा एवं दोस्रो अधिवेशन शनिबार सम्पन्न भयो । अधिवेशनले शिवलाल परााजुलीलाई आगामी ३ वर्षका लागि पुनः अध्यक्षमा चयन गरेको छ । सहकारीको नयाँ कार्यसमितिमा अधिकांश पुरानै अनुहार रहेका छन् । अधिवेशनले संस्थाको उपाध्यक्षमा जुमकाजी गुरुङ, सचिवमा युवराज पराजुली, सह–सचिवमा मोतीलाल पराजुली, कोषाध्यक्षमा तेजनारायण पराजुली रहेका छन् । यसैगरी कार्यसमिति सदस्य पदमा गौमती थापा, गंगाधर पराजुली, मधुकर सुवेदी, लिला वस्ताकोटी, जीवननाथ लामिछाने र अञ्जु पराजुली रहेका छन् ।
यसैगरी संस्थाको सल्लाहकारमा भेषराज पराजुली, विश्वेश्वर पराजुली, पदमपाणि देवकोटा, लेखनाथ पराजुली, मायादेवी गुरुङ, हरिराम पराजुली, मिन बहादुर सुनार र कुलबहादुर भुजेल रहेका छन् ।
यसैगरी संस्थाको लेखा समिति संयोजकमा देवराज पौडेल र सदस्यहरुमा हेमराज चालिसे र पुरुषोत्तम पराजुली रहेका छन् । अधिवक्ता पदमपाणि देवकोटा संयोजक रहेको निर्वाचिन समितिले नयाँ कार्यसमिति चयन गरेको हो । निर्विरोध निर्वाचित सबै पदमध्ये सदस्यमा जीवनाथ लामिछाने र लेखा समितिका सदस्यहरु मात्र नयाँ अनुहार हुन् ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै समाजसेवी एवं ज्येष्ठ शेयर सदस्य तुलसी बरालले साना–साना छरिएर रहेका रकमलाई एकीकृत गरि पूँजी निर्माणमा सहकारी लाग्नुपर्नेमा जोड दिए ।
संस्थाका अध्यक्ष शिवलाल पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष तेजनारायण पराजुलीले आर्थिक, लेखा समितिको प्रतिवेदन लेखा संयोजक देवराज पौडेलले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा स्वागत उपाध्यक्ष जुमकाजी गुरुङ, संचालन सचिव युवराज पराजुलीले गरेका थिए भने कैलाश विकास बैंकका शाखा प्रमुख देवराज पौडेल, चापाकोट गाविसका पूर्व अध्यक्ष भेषराज पराजुली, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति गंगाधर पराजुली, शेयर सदस्य गीता विक लगायते बोलेका थिए ।
२०६९ सालमा स्थापित सहकारीमा  २३३ जना शेयर सदस्य रहेका छन्, जसमध्ये ८० जना महिला र १५३ जना पुरुष सदस्य रहेका छन् । संस्थाको कुल पुँजी २ करोड ६२ लाख रुपैयाँ रहेकोमा चुक्ता पुँजी १ करोड १६ लाख ४ हजार रुपैयाँ रहेको छ ।
संस्थाले आव २०७२-०७३ मा २ करोड १३ लाख ४ हजार ५९१ रुपैयाँ निक्षेप संकलन र २ करोड २३ लाख १६ हजार २४० रुपैयाँ कर्जा प्रवाह गरेर ३५ लाख १३ हजार ६४० रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

Post a Comment

 
Top