0
गोल्डेन न्यूज संवाददाता
नारी परोपकार केन्द्रको आयोजनामा दिपावली, छट र नेपाल सम्बत को अवसर मा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शारदा गिरीको सभापतित्व सम्पन्न उक्त कार्यक्रममा संस्थाका सम्पूर्ण सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै गिरीले चाडवाडले हरेक नेपालीलाई एकसूत्रमा बाँध्नका लागि सहयोग गर्ने भएका कारण पनि पर्वहरुको महत्व फरक रहेको बताउँदै संस्कृतिको जगेर्ना गर्नका लागि सबैजना लागि पर्नुपर्नेमा जोड दिए । संस्थापक अध्यक्ष सत्यम चालिसेले शुभकामना व्यक्त गर्दै संस्कृति जगेर्नामा महिलाहरुको भूमिका अझै महत्वपूर्ण हुने भएका कारण महिला समूहरुले यस्ता कार्यलाई प्राथमिकतामा राखेर कार्य गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा संस्थाले तिजको अवसरमा आयोजना गरेको सामूहिक तीज गीत प्रतियोगिताको आय–व्यय विवरण सार्वजनिक गरेको छ । अध्यक्ष गिरीले आय–व्यय सार्वजनिक गर्दै आय तर्फ दुईलाख त्रिसट्ठी हजार रुपैयाँ र खर्चतर्फ दुई लाख त्रिचालिस हजार रहेको र बाँकी रकम संस्थाग विकासमा लगाउने बताए। सहयोगदातालाई धन्यवाद तथा आभार व्यक्त गर्दै पूर्व अध्यक्ष जमुना सिग्देलले आगामि दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गरिन्। कार्यक्रमको स्वागत संस्थाकी कोषाध्यक्ष शर्मिला पौडेलले र  संचालन सचिव पार्वती गिरीले गरेकी थिइन ।






Post a Comment

 
Top