0
गोल्डेन न्यूज संवाददाता
अन्नपूर्ण क्षेत्रमा रहेको ट्रेकिङ रुटको प्रवद्र्धनका लागि १० बुँदे पर्यटन प्रवद्र्धन धम्पुस घोषणापत्र जारी भएको छ । गैर आवासीय नेपाली संघ र सेन्चुरी पर्यटन ब्यवसायी समितिले अन्नपूर्ण क्षेत्र अन्तर्गत पर्ने धम्पुस, छोमु्रङ हुँदै माछापुच्छ«े आधार शिविर पुग्ने ट्रेकिङलाई नयाँ ढंगले सञ्चालन गर्नका लागि धम्पुस घोषणा पत्र जारी गरेको हो । गैर आवासीय नेपाली संघका वरिष्ठ उपाध्यक्ष भवन भट्ट, सेन्चुरी पर्यटन ब्यवसायी समितिका अध्यक्ष दलबहादुर गुरुङ, पूर्व वन तथा भू–संरक्षण मन्त्री किरण गुरुङ, संसद विकास समितिका सभापति रविन्द्र अधिकारी र सांसद सीता गिरी ओलीद्वारा हस्ताक्षरित घोषणापत्र जारी गरिएको हो । घोषणा पत्रमा अन्नपूर्ण क्षेत्रको ट्रेकिङ रुटको प्रवद्र्धनका लागि गैर आवासीय नेपाली संघ र सेन्चुरी पर्यटन ब्यवसायी समितिले संयुक्त रुपमा काम गर्ने, अन्नपूर्ण क्षेत्रमा पर्ने जैविक विविधताको संरक्षण र सम्बद्र्धनमा दुवै संस्थाले संयुक्त रुपमा काम गर्दै धम्पुस, छोमु्रङ हुँदै जाने ट्रेकिङलाई गैर आवासीय नेपाली संघ र सेन्चुरी पर्यटन ब्यवसायी समितिले आफ्नै ब्राण्डको रुपमा नाम दिएर अगाडि बढ्ने उल्लेख गरिएको छ । अन्नपूर्ण क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरलाई मध्येनजर गर्दै त्यसको असरलाई न्युनिकरणसहित यसको बारेमा आम पर्यटकलाई जानकारी दिंदै पर्यटन प्रवद्र्धन गर्ने घोषणा पत्रमा उल्लेख गरिएको छ । अन्नपूर्ण क्षेत्रमा ग्रामीण पर्यटकलाई आकर्षित गरी ग्रामीण भेगमा उत्पादन हुने बस्तुहरुको प्रवद्र्धन गरी अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गरी बाहृय पर्यटक भित्र्याउन पहल गर्ने, एन आर एन जापान र धम्पुस गाउँबीच सहकार्य गरी धम्पुस गाउँमा उत्पादन हुने स्थानीय सामाग्रीलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने घोषणा पत्रका उल्लेख गरिएको छ । अन्नपूर्ण क्षेत्रमा बोटानिकल गार्डेन र जियोलोजिकल गार्डेन निर्माण गर्ने, गैर आवासीय नेपाली संघ र नेपाली राजदूतावासको सहकार्यमा अन्नपूर्ण क्षेत्रको बारेमा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्ने, बायो डाइभर्सिटी र हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरको बारेमा अध्ययन अनुसन्धानका लागि अन्नपूर्ण क्षेत्रलाई अगाडि बढाउने र एन आर एनले विदेशमा रहेका एनआरएनले प्रति ब्यक्ति ३ जना पर्यटकलाई नेपाल घुम्नका लागि आहृवान गरी अतिथि देवो भवः अभियान सञ्चालन गर्ने उल्लेख गरिएको छ । घोषणा पत्र जारी गर्नुअघि भएको भेलालाई सम्बोधन गर्दै पूर्व वन तथा भू–संरक्षण मन्त्री किरण गुरुङले गैरआवासीय नेपाली संघले अन्नपूर्ण संरक्षण क्षेत्रमा देखाएको चासोको प्रशंसा गर्दै आगामी दिनमा त्यसको संरक्षणका लागि राज्यले सहयोग गर्नुपर्नेमा जोड दिए । अन्नपूर्ण क्षेत्रको ट्रेकिङ रुटमा बाहृय पर्यटक भित्र्याउनका लागि गैर आवासीय नेपाली संघको मुख्य भूमिका रहने भएकाले गैर आवासीय नेपाली संघले यसको बारेमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । संसद विकास समितिका सभापति रबिन्द्र अधिकारीले अन्नपूर्ण क्षेत्र नेपालको पर्यटनको मुख्य आधार केन्द्रको रुपमा रहेको भन्दै यसको प्रवद्र्धनमा गैर आवासीय नेपाली संघले चालेको कदम सहानीय रहेको बताए । यसले आगामी दिनमा अन्नपूर्ण क्षेत्र र त्यसमा पनि पैदलमार्गमा हिड्न रुचाउने पर्यटकका लागि थप उर्जा प्रदान गर्ने उनले स्पष्ट पारे । गैरआवासीय नेपाली संघका बरिष्ठ उपाध्यक्ष भुवन भट्टले अन्नपूर्ण क्षेत्रमा रहेको ट्रेकिङको प्रवद्र्धनका लागि एन आर एन र सेन्चुरी पर्यटन ब्यवसायी समितिले जारी गरेको धम्पुस घोषणा पत्र कोषेढुंगा सावित हुने विश्वास व्यक्त गरे । उनले अहिले नेपालमा बाहृय पर्यटकहरु ट्रेकिङका लागि आउने गरेको र त्यसको बसाइ लम्ब्याउनका लागि विभिन्न पर्यटकीय गतिविधिहरु आवश्यक रहेकाले एन आर एन र सेन्चुरी पर्यटन ब्यवसायी समितिले यसको वारेमा सहकार्य गरेर अगाडि बढ्ने बताए । सेन्चुरी पर्यटन ब्यवसायी समितिका अध्यक्ष दलबहादुर गुरुङले अन्नपूर्ण क्षेत्रमा एन आर एनले गर्न लागेको सहकार्यले पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने बताए । अन्नपूर्ण क्षेत्र मात्र नभइ आगामी दिनमा नेपालको पर्यटनको क्षेत्रमा एन आरएनको सहयोगले उपलब्धि हासिल गर्न सक्ने उनको भनाइ थियो ।

Post a Comment

 
Top