0
सामुदायिक महिला विकास समिति, घाटीपाटन पोखरा–१६, लामाचौरले आफ्नो २३ औँ वार्षिक साधारण सभा, सम्मान कार्यक्रम तथा नवनिर्मित महिला सशक्तिकरण भवन उद्घाटन कार्यक्रम सम्पन्न भयो। उक्त भवन सार्वजनिक जग्गामा निर्माण गरिएको भन्दै यसअघि तीव्र विरोध भएको थियो । संस्थाकी अध्यक्ष मीना थापाको अध्यक्षता र सांसद कुमार खड्काको प्रमुख आतिथ्य एवम् सांसदहरू शारदा पौडेल र चूडामणि जंगलीको विशेष आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा संस्थापक सल्लाहकार मोहन थापा ‘संयोजन’ र भवन निर्माण समितिकी संयोजक एवम् पूर्व अध्यक्ष राधा थापाले स्थापनाकाल देखि हालसम्म महिला सशक्तीकरण र टोल समाजको सुधार एवं विकासमा संस्थाले खेलेको भूमिका माथि प्रकाश पार्दै सामुदायिक भवन निर्माणका लागि निर्वाह गरेको संघर्षपूर्ण सहयोगका लागि समुदायका सबै व्यक्तित्वहरू प्रति आभार प्रकट गरे। भवनको अवलोकन पश्चात् सांसद कुमार खड्काले यस क्षेत्रको विकास र समुन्नतिका लागि दलगत संकिर्णता भन्दा माथि उठेर सबै सांसदहरूले सम्पूर्ण सहयोग गर्ने बताउँदै संस्थासँग आवद्ध दिदीबहिनीहरूको कार्य क्षमता र समाजसेवाको क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरे । सांसद शारदा पौडेलले संस्थाको भवन निर्माणका लागि टोलबासीहरूले एकताबद्ध भएर अथक संघर्ष गरेकोमा खुशी व्यक्त गर्दै विकास, निर्माण र महिला सशक्तिकरणका लागि निरन्तर सहयोग गर्ने बताइन भने सांसद चूडामणि जंगलीले विकास र समृद्धिका लागि मातृशक्तिको महत्व माथि प्रकाश पार्दै एकतापूर्ण कार्यको प्रशंसा गरेका थिए। कार्यक्रममा समाजसेवामा पु¥याएको योगदानको लागि राधा थापा, दिनेश थापा, रीता थापा, रुपेश थापा र कृष्णा थापालाई तथा यस टोलबाट एस.एल.सी. परीक्षामा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने सङ्कल्प थापा र अस्मिता थापा पराजुलीलाई सम्मान अर्पण गरियो । विविध सांस्कृतिक प्रस्तुतिका साथ संस्थाकी उपाध्यक्ष पदमकुमारी अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सचिव मञ्जु थापाले वार्षिक प्रगति विवरण र कोषाध्यक्ष देवी थापाले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन ।


Post a Comment

 
Top