0
गोल्डेन न्यूज संवाददाता
जापानको कोमागाने नगरपालिका र पोखरा उपमहानगर पलिका बीचको भागिनी सम्बन्ध गाँसेको १५ वर्ष पुगेको अबसरमा पोखरा आएका कोमागानेका प्रतिनिधिहरुले शुक्रबार पोखरा २८ अर्मला स्थित अन्नपूर्ण मावि र सीता प्राविको निरीक्षण भ्रमण गरेका छन । कोमागाने नगर परिषद्का सदस्य कोइची सिओजाबा, कोमागाने नगर लेबर युनियनका सदस्य ओमानो फुकुजावा, कोमागाने नगरपालिकाका कर्मचारी हिसायुकी योनेयामा र कोमागानेका लागि पोखरामा कार्यरत प्रतिनिधि कोइनुकी याजावाले निरीक्षण भ्रमण गरेका हुन । कोमागाने नगर पालिकाका कर्मचारी र लेवर युनियनले संयुक्त रुपमा अर्मलाको अन्नपूर्ण माविलाई करिब २ लाख ७५ हजार पर्ने सोलार सहयोग गरेका छन । कोमागानेका प्रतिनिधिहरुले निरीक्षण भ्रमणको अवसरमा विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयको शैक्षिक उन्नयनका लागि सहयोग गर्न पाउँदा खुशी लागेको बताए। कार्यक्रममा कसमस कलेजका कार्यकारी निर्देशक एवं विद्यालयका पूर्व शिक्षक तेज गुरुङ्गले दाताहरुले दिएका सामानको सहि सदुपयोग गर्नुपर्ने बताए । विद्यालय व्यवस्थापन समितिका सदस्य हर्कबहादुर परियारको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी कर्ण बहादुर गुरुङ्ग,कुल प्रसाद भट्टराई, प्रधानाध्यापक यमनाथ लामिछाने, शिक्षक मोहन बहादुर जिसी लगायतले बोलेका थिए । सो अवसरमा विद्यार्थीहरुले नृत्य प्रस्तुति तथा कविता वाचन गरेका थिए । यसैगरि प्रतिनिधिहरुले कर्मलाकोटमा अवस्थित सिता प्रावीको निरीक्षण भ्रमण गरेका छन । उनीहरुले विद्यालउका प्रधानाध्यापक गणेश बहादुर क्षेत्री संग विद्यालयको बारेमा जानकारी लिएका थिए। उनीहरुले अर्मलाकोट मा निर्माणाधिन गुरुङ्ग समुदायको सामुदायिक भवनको समेत निरीक्षण गरेका थिए ।

Post a Comment

 
Top