0
गोल्डेन न्यूज संवाददाता
भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणका क्रममा पोखरा पनि आउने भए पछि पोखेलीहरु उत्साहित भएका छन् । पोखरा आउने मिति तय भई नसके पनि राष्ट्रपति मुखर्जी आउने खरबले पोख्रेलीहरु उत्साहित भएका हुन् । राष्ट्रपति मुखर्जी आगामी कात्तिक १७ देखि १९ सम्म नेपाल भ्रमणमा आउने तय भएको छ । राष्ट्रपति मुखर्जीको पोखरा भ्रमणले पोखराको पर्यटन विकास ठूलो टेवा पुग्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले बताए । उनले भारत जस्तो ठूलो देशका राष्ट्रपति पोखरा आउँदा पोखरा पनि अन्तर्राष्ट्रिय शहरका रुपमा विश्वमा चर्चा पाउने बताए । उनले राष्ट्रपति मुखर्जीको भ्रमण पोखरामा भारतीय पर्यटक बढाउन समेत फलदायी हुने बताए । त्यसै गरी पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष भरत पराजुलीले भारतीय राष्ट्रपति मुखर्जी पोखरा आउदा भारतीय पर्यटक पोखरा बढ्ने बताए । उनले सञ्चार माध्यमा पोखरा विश्वभर छाउँदा सबैलाई पोखरा अन्तराष्ट्रिय सहर हो भन्ने सन्देश पुग्ने बताए । उनले पोखरालाई अन्तर्राष्ट्रिय सहर बनाउन भ्रमणले राम्रो गर्ने बताए । पोखरा बन्ने इच्छा राष्ट्रपति प्रणव मुखर्जी व्यक्त गरेका कारण पोखराका विभिन्न होटलहरु हेर्ने काम भई रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ ।  पोखरा होटल ग्राण्ड, फूलबारी र लेखनाथमा रहेको रुपाकोट रिसोर्टमा सुरक्षाको दृष्टिले हेरिएको सुरक्षा स्रोतको भनाई छ । भारतीयका प्रमुख २० वर्षपछि मुखर्जी नेपाल आउन लागेका हुन् । यसअघि भारतीय राष्ट्रपति केआर नारायण नेपाल आएका थिए । प्रधानमन्त्री इन्दिरा गान्धी पोखरा आएकी थिइन् । भारतीय राष्ट्रपति नै पोखरा आउन लागेको यो पहिलो पटक हो । २०१७ सालमै बेलायतकी महारानी एलिजावेथ द्वितीय पोखरा आएकी थिइन् । मुखर्जीको भ्रमणले पोखराको पर्यटकीय, आर्थिक, सांस्कृतिक लगाएतका क्षेत्रमा प्रभाव पर्ने विश्लेषकहरु बताउँछन् ।



Post a Comment

 
Top