पोखराबाट भारतको राजधानी नयाँ दिल्लीसम्म सिधा बस सेवा सञ्चालन भएको ९ बर्ष पूरा भएको छ । मोर्डन ईरा टुर्स एण्ड ट्राभल्सले १०औं बार्षिकोत्सव दिल्लीमा मनाएको छ । २०६४ साल असोज १५ देखि सुरु भएको बस सेवा ९ बर्ष पूरा गरी १० औं बर्षमा पुगेको अबसरमा दिल्ली स्थित नेपाली दुतावासका प्रतिनिधि, कम्पनीका प्रतिनिधि तथा ब्यवसायीले एक कार्यक्रम गरी शुभकामना आदान–प्रदान गरे । दिल्ली स्थित शाखा कार्यालयको आयोजनामा भएको कार्यक्रममा नेपाली दूतावासका प्रहरी बरिष्ठ उपरीक्षक यादवराज खनालले मोर्डन ईराको सिधा बस सेवाले दुई देशका नागरिक बीचको आत्मीयता बढाउनुको साथै आवत–जावतमा सहजता प्रदान गरेको बताए । मोर्डन इराका सञ्चालक ऐन कुमार साईले निकट भविष्यमै अन्य स्थानबाट समेत सिधा बस सेवा सञ्चालन गर्ने तयारी भैरहेको बताए । उनका अनुसार भारतको चण्डीगढ, चेन्नाई र सिलगुढीबाट सिधा बस सेवा संचालनका लागि प्रयास भैरहेको छ । साईले नाफामुखी भन्दा पनि दुई देशको सम्बन्धलाई ध्यान दिंदै सेवामुखी भएर अघि बढेको बताए । ९ बर्षअघि तीन वटा बसबाट सिधा सेवा सुरु गरेको मोर्डन ईराले अहिले पोखराबाट दैनिक दुई बस र बाग्लुङबाट हप्तामा तीन दिन बस सेवा सञ्चालन गरिरहेको छ । प्रालिले भारतको उत्तर प्रदेश परिवहन निगम डिपो गाजियाबाद सँगको सहकार्यमा असार २७ गते देखि नेपाल भारत मैत्री पोखरा–दिल्ली–पोखरा बस सेवा सञ्चालन गर्दै आएको छ । सरकारी स्तरबाट बस सेवा सञ्चालन हुनुपूर्वनै प्रालिले विगत नीजि स्तरमा पोखरा–दिल्ली–पोखरा बस सेवा सञ्चालन गर्दै आएको थियो । अहिले पोखरा–दिल्ली–पोखरा नियमित दुई वटा बस सञ्चालन हुदै आएको छ भने असोज ७ देखि बाग्लुङ– दिल्ली–बाग्लुङ बस सेवा पनि सञ्चालन भैरहेको छ । प्रालिले अहिले २२ वटा बस सञ्चालन गर्दै आएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment