0
प्रदूषित पानी र चौतर्फी फोहरका कारण डम्पिङ साइटमा परिणत पोखराको एक ऐतिहासिक पोखरी यतिखेर महत्वपूर्ण तीर्थस्थल बनेको छ । फोहर थुपार्ने गरिएको पोखरा उपमहानगरपालिका–७ मासवारस्थित पोखरीपाटनमा अवस्थित पोखरी संरक्षणसँगै बीच भागमा मन्दिर निर्माण गरी लक्ष्मीनारायणको मूर्ति स्थापना गरेपछि तीर्थस्थलमा परिणत भएको हो । पोखरीको चारैतर्फ पक्की पर्खाल, जमिनमा छ इन्चको ढलान गरी पानी सङ्कलन र पानीमाथि लगभग पाँच फिटको उचाइमा निर्माण गरिएको मन्दिरसहितको सम्पूर्ण संरचना तयार गर्दा लगभग  ५२ लाख रुपैयाँ खर्च भइसकेको पोखरी संरक्षण तथा धार्मिक क्षेत्र निर्माण समितिका अध्यक्ष नारायण बरालले बताए । उनका अनुसार निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम क्षेत्र नं ३ को १५ लाख रुपैयाँबाट निर्माण सुरु गरिएको उक्त निर्माण कार्यमा पोखरा उपमहानगर पालिकाबाट १७ लाख ३३ हजार र २० लाख रुपैयाँ बराबरको जनश्रम जुटाइएको थियो । अध्यक्ष बरालले भने–“पोखरा उपत्यकाको बस्ती विकाससँग जोडिएको पोखरी संरक्षण र संवद्र्धन गरी धार्मिक एवम् पर्यटकीय क्षेत्रका रूपमा विकास गरेर आन्तरिक एवम् बाह्य पर्यटक प्रवद्र्धन गर्ने स्थानीय बासिन्दाको लक्ष्य छ । सराङकोटस्थित मेथलाङखोला बाट कुुलो खनेर प्राचीनकालमा ल्याइएको पानी पोखरीमा सङ्कलन गरी पिउन, तरकारी खेती गर्न र गाईबस्तुलाई समेत प्रयोग गर्ने गरिएको हुँदा सो पोखरीको महत्व बढेको समितिका उपाध्यक्ष एवम् आर्थिक संयोजक लीलाभक्त बरालको भनाइ छ । उनका अनुसार तीन हजार ९४४ वर्गफिटमा पैmलिएको सो सार्वजनिक जग्गाको अगाडि ज्येष्ठ नागरिक विश्रामस्थल र प्रदक्षिणा मार्ग निर्माण गरिएको छ । सिंगमर्मरको सो मूर्ति ९२ हजार रुपैयाँमा खरिद गरिएको र मन्दिरको चार कोणमा एक लाख १८ हजार रुपैयान्को लागतमा सोलार बत्ती जडान गरिएको छ । पोखराको थप एउटा गहनाका रूपमा निर्मित लक्ष्मीनारायण मन्दिर र परिसरको संरक्षणसँगै धार्मिक पर्यटन प्रवद्र्धन गर्न सके सो क्षेत्रको विकासमा टेवा पुग्नुका साथै पर्यटकको बसाइ लम्ब्याउन सकिने महिला वडा नागरिक समन्वय समिति पोखरा–७ की संयोजक प्रभा पन्तको भनाइ छ ।रासस






Post a Comment

 
Top