0
राजाराम पौडेल÷गोल्डेन
पोखरेली समूह कन्दराको सक्रियता बढ्दै गएको छ । समुहले हालै १८ बर्षपछि एकल लाइभ कन्सर्टका माध्यमबाट सोमबार पोखरेली दर्शकमाझ प्रस्तुत ग¥यो । पोखरा सभागृहमा खचाखच भरिएका दर्शकमाझ भएको कार्यक्रममा कन्दराका मुख्य भोकलिष्ट विवेक श्रेष्ठले आफ्ना विगताका दिन सम्झदै भावुक बने।  उनले बाल्यकालमा थाउनामा सु–सु गरेको, साथीहरु सँग पौडी खेल्न गएको, मालेपाटनको चौरमा बसेर गीत सिर्जना गरेको, मर्दी खोला,  ल्याङ्घलेल लगायतका गाउँ घुम्न गएका क्षणलाई स्मरण गरे । केही गीतको जन्म कसरी भएको थियो भन्ने बारेमा उनले दर्शकलाई जानकारी दिए । पुराना दर्शकलाई विगतको दिन स्मरण गराउन र नयाँ दर्शकलाई कन्दराको बारेमा चिनाउने सेतुको काम कार्यक्रमले गरेको उनले बताए । पछिल्लो एल्बम भेडिगोठैमामा समावेश ‘मलाई लाग्छ प्यारो’ बोलको राष्ट्र भावले ओतप्रोत गीतबाट आफ्नो प्रस्तुति आरम्भ गरेका विवेकले एक पछि अर्को गर्दै १८ वटा गीत दर्शकलाई सुनाए । आफ्ना नयाँ तथा पुराना गीत सुनाउँदा ती गीत सिर्जना गर्दाको क्षणलाई समेत उनले स्मरण गरे । कन्र्सटलाई आकर्षण प्रदान गर्न केहि गीतको म्युजिक भिडियो त केहि गीतका तस्वीर देखाएर गीतको मर्म दर्शकलाई बुझाउने प्रयास गरियो । उनले रातै बिझायो, दिन बिते, जिन्दगी यो उत्सव हो, चञ्चले कान्छी, डाँपारी, याम्दी है खोलामा, कहाँ गएकी, फूलचोककीको डाँडैमा, हैन भने नेपाली नभन, विदेशिएर गइन् उनी, तगारोमा रुमाल राखी, भेडिगोठैमा, यो दाजुको, चन्द्रकोटकी नानी, तिमी पारी, लेककी हे माया र अन्तिम गीतको रुपमा हङकङ पोखरा गीत सुनाएका थिए । उनले स्व. सुनिल वर्देवा, स्व.प्रविण गुरुङ। स्व.गोपाल योञ्जनलाई गीत मार्फत सम्झिएका थिए । लायन्स क्लब अफ पोखरा सिर्जना चौतारी र लायन्स क्लब अफ पोखरा मेटूो सिटीले कन्दरालाई पोखरा सभार्गहमा उतारेको थियो । दिउँसो साढे ४ बजेबाट सुरु भएको कार्यक्रममा उपस्थित दर्शकले नाचेर र गलामा गला मिलाएर कन्दरालाई साथ दिएका थिए । सामाजिक कार्यमा सहयोगको लागि कन्दरा समूहको संगीत समस्या समाधान अभियानसँगको सहकार्यमा कार्यक्रम भएको हो । कन्दरा समूहले यो अभियान अन्तर्गत देशका प्रमुख १७ शहरमा सांगीतिक कार्यक्रम गर्नेछ ।
कसरी भयो त कन्दरा समूहको जन्म ?
समूहका मुख्य भोकलिष्ट विवेक श्रेष्ठ पोखरामा जन्मिएपनि बाल्यकाल भने स्याङ्गजाको वालिङमा बितेको थियो । कक्षा सातसम्म आफ्नो ठूलिआमाको घर वालिङ बसेर पढेका उनी सानैदेखि गीतसंगीततर्फ रुचि राख्दथे । तर पारिवारिक वातावरण संगीतमय नभएको कारण यात्रा अगाडि बढाउन सहज थिएन । वालिङमानै पढ्ने क्रममा दार्जलिङबाट आएका शिक्षकको आग्रहमा उनले आफ्नो प्रतिभा सुनाउन थाले । यसबाट पाएको सकारात्मक प्रतिक्रियाले उनी अगाडि बढ्न हौसिएपनि । आठ कक्षा पढ्न भने उनी पोखरामा आए । पोखराको बाराही स्कुलमा भर्ना भएका उनको भेट सुनिल थापा सँग हुन पुग्यो । स्कुल पढ्ने क्रममा सुनिलले टेबल बजाउने विवेकले गीत गुनगुनाउने गर्न थाले । विस्तार उनीहरुका गीत सहकर्मी साथीले मात्र नभएर शिक्षकले समेत रुचिपूर्वक सुन्न थाले ।
फलस्वरुप यात्रा अगाडि बढाउन उनीहरुलाई पे्ररणा मिल्न पुगेको विवेक सम्झन्छन् । त्यतिबेला कला र संगीतमा रुची राख्ने युवाहरुले गठन गरेको पिस ह््यान्की क्लवमा सुनिल थापा आबद्ध थिए । सुनीलकै आग्रहमा सुनिलेनै रचना र संगीत दिएको ‘आजभोली रात’ बोलको गीतमा विवेकले आवाज दिए । जुन बेला उनको उमेर १३ वर्षको मात्र थियो । यो गीत मार्फत उनको पहिचान बन्यो । उनले पिस ह्यान्की समूहमा तीन वर्ष आवद्ध रहे । त्यही समयमानै पिस ह्यान्की समुहमा रहेका रक शैलीका गीत मनपराउनेहरुले ‘२४ क्यारेट’ नामको रक व्याण्डको स्थापना गरे । जस्मा बुद्धराज बर्जाचार्य, विजय गुरुङ्ग, दिपकराज मुल्मी, आनन्द तजिया, सुनील भट्टचन आवद्ध थिए । २४ क्यारेट नामको रक व्याण्डनै पछि गएर कन्दरा समूहको चिनिन पुग्यो । एकदिन घरमानै किक्रेट खेलिरहेका विवेकलाई कन्दराका मेनेजर दिपकराज मुल्मीले गीत रेर्कडका लागि काठमाडौं जान आग्रह गरे । जुन समयमा उनी पिस ह्यान्की समूहमानै आवद्ध थिए । अनि घरमा कुरा गरेर विवेक कन्दरा समूहका साथीहरुको साथमा गीत रेर्कडका लागि काठमाडौँ हानिए । ‘चञ्चले कान्छी’ गीत रेर्कड गर्न भनेर गएका विवेकले लगातार पाँच गीतमा आवाज भर्न पाए । ती गीतले एक पछि अर्को गर्दै श्रोताको मन जित्न सफल भए । कन्र्सटको लागि कन्दरा समुहलाई अफर आउन थाल्यो अनि बाध्य भएर विवेक श्रेष्ठ पिस ह्यान्की छाडि कन्दरामानै आए । आफूमात्र होइन सुनील थापा र अमर गुरुङ्गलाई समेत कन्दरामा आवद्ध विवेकले गराए । अनि कन्दरा समूहको सक्रियता नेपाली साँगीतिक फाँटमा निकै नै बढेर गयो । हाल कन्दरा समुहमा व्याण्ड मेम्बरको रुपमा बुद्धराज बर्जाचार्य, सुनिल थापा, विवेक श्रेष्ठ अमित गुरुङ, अशिम शेरचन, अविनाश गायक र अनिल गुरुङ रहेका छन् ।
अहिलेसम्म कुन–कुन एल्बम आए त ?
वि.स.२०५० मा पहिलो एल्बम ‘चञ्चले कान्छी’ श्रोतामाझ पस्किएको यो समूहले यस एल्बमबाट राम्रो चर्चा बटुल्यो । यो समूहले प्रयोग गरेको लोकपप गीत दर्शक श्रोताले रुचाए । नेपाली संगीतको क्षेत्रमा नयाँ धारको विकास यस्ले गरायो । फलस्वरुप २०५२ मा ‘डाँडापारी’ र २०५५ मा ‘हङकङ पोखरा’ एल्बमले पनि यो समूहको चर्चा नेपाली संगीतको क्षेत्रमा बढ्यो । समूहको लोकप्रियता सँगै धेरै कन्र्सट गर्ने व्याण्ड रुपमा कन्दरा चिनिन थाल्यो । तर निरन्तर एल्बम पस्कने भने यो समूहले सकेन सात वर्षको अन्र्तरालमा २०६२ सालमा चौथो एल्बम ‘वर्षौपछि’ निकालेको थियो । त्यसोत कन्दरा व्याण्डका मुख्य भोकलिष्ट विवेकको २०५७ मा आएको सोलो एल्बम ‘उत्सव’ले उनको उचाइ बढाएको थियो । समुहको पाँचौ एल्बम भेडीगोठमै वि.स.२०७२ सालमा बजारमा आएको हो । समुहको पछिल्लो एल्बम ‘भेडीगोठैमा’ का गीत दर्शक श्रोताले रुचाएका छन् ।
अब कसरी अगाडि बढ्छ त कन्दरा ?
केहि वर्ष सुस्ताएको पोखराको संगीतको माहोललाई पुर्नस्थापना गर्ने लक्ष्यका साथ अब पोखरेली समुह कन्दरा अगाडि बढ्ने भएको छ । पछिल्लो एल्बम भेडिगोठैबाट पुनः श्रोता दर्शकको माया पाउन सफल समूह नेपाली साँगीतीक क्षेत्रमा सक्रिय भएर लाग्ने मुख्य भोकलिष्ट विवेक श्रेष्ठ बताउँछन् ।  ‘पहिला भन्दा संगीतको माहोल अहिले फरक छ त्यसैले कन्दरा शैलीकै गीतलाई नयाँ टेष्टका साथ पस्कँदै हाम्रो पुनरआगमन भएको छ’ उनले भने । अब निरन्तर रुपमा साँगीतिक कोसेली दर्शक श्रोता माझ पस्कने योजना कन्दराले बनाएको उनले जनाए ।
प्रतिक्रियाका लागि ः
उयउमष्बचथ२नmबष्।िअयm





Post a Comment

 
Top