0
गोल्डेन न्यूज संवाददाता
पोखरामा शुक्रबारदेखि अन्तर जिल्ला प्रतिभा प्रस्फुटनको अडिसन शुरु भएको छ । अपाङ्ग तथा असहाय नागरिकहरुको सहयोगार्थ गायन र नृत्य गरी दुई छुट्टाछुट्टै बिषयमा अडिसनको शुरु गरिएको हो । अपाङ्ग तथा असहाय नागरिकहरुको समाजमा सहज र सम्मानपूर्ण जीवनयापनमा सहयोग पु¥याउने उद्देश्यले फ्रेण्डशिप आर्ट एकेडेमीको आयोजनामा प्रतियोगिता शुरु गरिएको एकेडेमीका अध्यक्ष बिरबल घतानेले बताए । घतानेले भने–कार्यक्रमबाट संकलित रकम मध्ये दश प्रतिशत रकम अपाङ्ग तथा असहायहरुका लागि छुट्याएका छौं ।’ प्रतियोगिताको अडिसनबाट नृत्यतर्फ २० र गायनतर्फ २० जनाले दोस्रो चरणका लागि कार्ड पाएका छन् ।  प्रतियोगिताको निर्णायकहरुमा गायनतर्फ करण तामाङ र नृत्यतर्फ धर्मेन्द्र पौडेल थिए । शुक्रबारको प्रतियोगितामा छनोट भएकाहरुले छ महिनापछि हुने क्वार्टरफाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् । एउटा जिल्लामा तीन÷तीन महिनाको अन्तरमा पहिलो चरणको अडिसन हुने प्रतियोगिता हुने आयोजकले बताएको छ । कार्यक्रममा गीत संगीत तथा सामाजिक सेवामा लागेका बिभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा गीत संगीतका प्रशिक्षक नवराज बराल, कलाकार तथा संगीतकार जयकुमार परियार, संगीतकार बिनित जोजिजू, लोहदोहोरी कलाकार शंकर बिरही गुरुङ, गुरुङ फिल्मका नायक ताराबहादुर गुरुङ, लेखनाथ उद्योग बाणिज्य संघका प्रतिनिधि बिष्णुप्रसाद अधिकारी, पत्रकार नारायण शाही, कलाकारहरु खेम गुरुङ र सुवास राई लगायत २२ जना ब्यक्तित्वहरु थिए । उनीहरुलाई प्रमूख अतिथि पोखरा उद्योग बाणिज्य संघका कार्यकारिणी सदस्य किसान सुनारले माला र सम्मानपत्रद्वारा सम्मान गरेका हुन । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि किसान सुनारले पोखरा संगितको समेत नगरी रहेको उल्लेख गरे । सुनारले यहाँ भइरहने सांगितिक इभेन्टहरुले यस क्षेत्रको गीत संगीतको उन्नयनमा उल्लेख्य योगदान दिने बताए । उद्योग र वाणिज्य क्षेत्रसंग मात्र पोखरा उद्योग वाणिज्य संघको सम्बन्ध नरहेर गीत संगीतको क्षेत्रसंग समेत निकट रहेको सुनारको भनाई थियो । बिशेष अतिथि संगीतका प्रशिक्षक नवराज बरालले गीत संगीतको सैद्धान्तिक र प्रयोगात्मक दुबै ज्ञान बुझेर मात्र गित संगितमा लाग्न आग्रह गरे । कार्यक्रममा राष्ट्रिय लोकदोहरी प्रतिष्ठान गण्डकी अञ्चलका अध्यक्ष एबं कलाकार शंकरबिरही गुरुङ र जोजिजू म्युजिक सेन्टरका प्रबन्धक बिनित जोजिजूले शुभकामना मन्तब्य दिएका थिए ।  फ्रेण्डशिप आर्ट एकेडेमीका अध्यक्ष बिरबल घतानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य र कार्यक्रमको उद्देश्यमाथि प्रकाश अध्यक्ष घतानेले गरेका थिए । सञ्चारकर्मी सन्तोष बस्यालले कार्यक्रम सञ्चालन गरेका थिए ।



Post a Comment

 
Top