0
नेपाल टेलिकमले अगामी पुसदेखि पोखराको मुख्य शहरी क्षेत्र र काठमाडौंमा ‘फोर–जी’ सञ्चालन गर्ने भएको छ । फोर–जी चलाउन टेलिकमले तयार गरेको रोलआउट प्लानमा मंसिर ३० गतेदेखि फोर–जी सञ्चालन गर्ने तय गरिएको हो । दूरसञ्चार प्राधिकरणले उपलब्ध गराउने १८ सय मेगाहर्ज फ्रिक्वेन्सीमार्फत पहिलो चरणमा नेपालका दुई मुख्य शहरमा फोर(जी डाटा सर्भिस सञ्चालन गर्ने गरी योजना बनाएको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् । टेलिकमले बनाएको यो योजना आइतबार नै दूरसञ्चार प्राधिकरणमा पेश गरिसकेको वैद्यले बताइन् । तर, फोर–जी कति स्पीडको हुने भन्ने विषय भने टेलिकमले सार्वजनिक गरेको छैन । सेवा सञ्चालनमा आएपछि मात्रै यो विषयमा जानकारी दिने बैद्यले बताइन् । सामान्यतः फोर–जी अपलोड ५० एमबीपीएस र डाउनलोड प्रतिसेकेन्ड १०० एमबीपीएसमा हुने उनको भनाइ छ । फोरजी ब्रोडब्याण्ड इन्टरनेट थ्रीजीभन्दा तिब्र गतिको हुने र यसले मोबाइल फोनबाट इन्टरनेट प्रयोग गर्ने उपभोक्तालाई फोटो तथा भिडियो अपलोड गर्न तथा हेर्न सहज हुने टेलिकमले बताएको छ ।









Post a Comment

 
Top