0
गोल्डेन न्यूज संवाददाता
पोखरामा जारी संगम कप सेभेन ए साईड फुटवल प्रतियोगिता–२०७३ अन्र्तगत मंगलबार दोश्रो चरणका ७ खेल सम्पन्न भएका छन । पोखराको संगम क्लवको आयोजनामा माछापोखरी खेल मैदानमा मंगलबार भएको पहिलो खेलमा भ्याली स्पोटर्स क्लवले अन्नपूर्ण एफ.सी.लाई ३–० ले पराजित गर्यो । दोश्रो खेलमा बी थट्टिन बीले बेगनास एफ.सी.लाई ३–० को गोल अन्तरले पन्छायो । निकै प्रतिस्प्रर्धामा सम्पन्न भएको तेश्रो खेलमा एस.एन.एस. बी थट्टीन ले टाइब्रेकरमा ३–२ को गोल अन्तरले इन्द्रेणी एफ.सी.लाई हरायो। निर्धारित समयमादुबै तर्फ एक–एक गोलपछि खेल टाईब्रेकरमा पुगेको हो। अर्को खेलमा ए.वाई.सी. भण्डारढिकले विष्णुपादुका क्लवलाई विशन गुरुङको दुई गोलको मद्धतले ३–० ले पराजित गर्यो । नेपाल मुस्लीम क्लवले होम ग्राउण्ड क्लवलाई टाईब्रेकरमा ३–२ ले पराजित गरेको छ । निर्धारित समयमा दुबैतर्फ एक–एक गोल भएको थियो। बी.थट्टीन ए ले आर.एस.एस. एफ.सी.लाई टाईब्रेकरमा २–१ को नजिता ल्याउँदै प्रि–क्वाटर फाईनलमा यात्रा बनाएको हो । निर्धारित समयमा दुबै तर्फ एक एक गोल भएको थियो । सातौ खेलमा एल.जी. एशोसिएसनले गार्डेन एफ.सी.लाई ३–० ले पराजित गर्यो । दिव्यज्योति एफ.सी.ले भने सहज जित दर्ता गर्यो । लेकसाईड एफ.सी. प्रतियोगितामा नआए पछि दिव्यज्योतिले वाकओभरमा सहज जित दर्ता गरेको हो । सवै खेलमा जित हासिल गरेका टिमहरु अन्तिम १६ मा यात्रा तय गरेका छन । बुधबार दोश्रो चरण तथा प्रि–क्वाटर फाईनलका ८ खेलहरु हुने भएको क्लवका सह–सचिव सुवास गुरुङले बताए ।



Post a Comment

 
Top