0
गोल्डेन न्यूज संवाददाता
पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रविन्सन प्रजुले पोखरालाई गार्डेन सिटी अर्थात फूलैफूलको शहरको रुपमा विकास गर्न पुष्प व्यवसायी र निजी संघ संस्थाहरुको महत्वपूर्ण योगदान रहने बताएका छन्। पm्लोरीकल्चर एशोसिएशन नेपाल, कास्की शाखाको आठौं साधारणसभाको उद्घाटन गर्दै उनले पोखरा र आसपासका क्षेत्र पुष्प व्यवसायका लागि उत्तम रहेको र मौसम पनि अनुकुल भएकोले एक आपसमा हातेमालो गरेर अघि बढ्न संघ तयार रहेको बताए ।‘पोखरालाई फूलैफूलको राजधानी बनाउन पोउवासंघका अध्यक्ष विश्वशंकर पालिखेले अवधारणा ल्याउनु भएको छ’ उनले भने–‘पुष्प व्यवसायी संघमा प्रक्रियागत् ढंगले आउन ढिलो गर्नु हुँदैन, आवद्धताको सहज सहजीकरण गर्न म तयार छु ।” विशेष अतिथि एशोसिएशनका केन्द्रीय अध्यक्ष कुमारप्रसाद श्रेष्ठले कास्की कार्य समिति पहिलो समिति तथा धेरै सदस्य भएको समिति पनि भएकोले केन्द्रले महत्व दिएको बताए । पुष्प व्यवसायका लागि संस्थागत कार्य ठीक हुन्छ, निजीस्तरका संघ÷संस्था र सरकारी निकायसंग समन्वय गर्नुपर्छ, श्रेष्ठले भने–“भविष्यमा पोखरालाई केन्द्र आश्रित थलो बनाउन सकिन्छ, त्यसको लागि एकतावद्ध भएर लाग्नुपर्छ ।”कास्की सहित फूलको उत्पादन तथा विक्रीका लागि छिमेकी जिल्लाहरु पनि महत्वपूर्ण भएकोले जिल्लामा पुष्प व्यवसायको प्रवद्र्धनका लागि खोलिएका परामर्श केन्द्रहरुको कामलाई प्रभावकारी बनाउन कास्की नेतृत्व सक्षम हुने श्रेष्ठले विश्वास व्यक्त गरे ।
क्षेत्रीय कृषि निर्देशनालयका निमित्त निर्देशक हृदयनाथ घिमिरेले पुष्पको आयातलाई घटाउन र यहाँको उत्पादन वढाई निर्यात गर्ने लक्ष्यमा पुग्न व्यवसायी प्रतिवद्ध हुनुपर्ने बताए । उनले आयातित फूलको मात्रालाई निर्यातले ढाक्न सके रोजगारी सिर्जना हुने र विदेशिन लागेको जनशक्तिलाई रोक्न सकिने बताए। घिमिरेले व्यवसायीहरु अबका दिनमा पुष्प नर्शरी कार्यक्रममा लाग्नुपर्ने र त्यसको लागि प्रस्ताव लिएर आउन आग्रह गरे ।२५ वर्ष अघि पोखरामा फूलको व्यवसाय शुरु गरेका संस्थाका संस्थापक तथा पूर्व अध्यक्ष वसन्त वानियाले काठमाडौंको चेपुवामा परेर आफूहरु पुष्प व्यवसाय र संस्थागत् अवसरहरुबाट बञ्चित हुनु परेकोले केन्द्रीय नेतृत्वले ध्यान दिनु जरुरी भएको बताए । साधारण सभाले सचिव वलराम श्रेष्ठ, कोषाध्यक्ष डिल बहादुर गुरुङ तथा अध्यक्ष दयाकुमार द्वा ले प्रस्तुत गरेो प्रतिवेदन पारित गरेको छ । फ्लोरिकल्चर एशोसिएशन नेपाल, कास्की शाखाका अध्यक्ष दयाकुमार द्वाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्ण बहादुर कार्की र संचालन सचिव वलराम श्रेष्ठले गरेका थिए ।






Post a Comment

 
Top