0
गोल्डेन न्यूज संवाददाता
पोखरा रंगशालामा जारी तेश्रो नेप्लीज इन्काउण्टर भेट्रान्स खुल्ला टेनिस प्रतियोगितामा सिंगल र डबल्स दुबैतर्फको सेमिफाइनल समिकरण पुरा भएको छ । बिहिबार भएको क्वाटरफाइनल खेलमा जित हाँसिल गर्दै सिंगलतर्फ विनोद कायस्थ, राजन पौडेल, डा.देव थापा र निरज थापाले अन्तिम चारमा स्थान बनाए । त्यस्तै डबल्सतर्फ उपाधीका लागि अनिल तुलाचन र दोर्जे लामाको जोडी राजन पौडेल र लोक गुरुङ्गको जोडीसंग भिड्ने भएका छन्। बिहीबारको सेमिफाइनलमा अनिल,दोर्जेको जोडिले निरज थापा र विकास गुरुङ्गको जोडिलाई ४–६, ६–४ र सुपरटाईमा १०–६ ले पराजित ग¥यो भने राजन, लोकको जोडिले राजु गुरुङ्ग र बवि चन्दको जोडिलाई ४–६, ७–६ र सुपरटाईमै १०–७ ले पराजित गर्दै फाइनल यात्रा तय ग¥यो । एकलतर्फको क्वाटरफाइनल खेलमा विनोद कायस्थले गोपीबहादुर भट्टराईलाई ६–२, ६–३ मा, राजन पौडेलले अमृत कार्कीलाई ४–६, ६–१ र सुपरटाईमा १०–१ ले पराजित गरेका हुन् । त्यस्तै निरज थापाले शंकर कार्कीलाई ६–४, ६–१ मा तथा डा.देव थापाले लोक गुरुङ्गलाई ७–५, ६–४ ले पराजित गरे । यो संगै एकलतर्फको सेमिफाइनल समिकरण पनि पुरा भएको छ । शुक्रबार हुने सेमिफाइनलमा विनोद कायस्थले डा.देवसंग र राजन पौडेलले निरज थापासंग प्रतिस्पर्धा गर्ने आयोजक नेप्लीज इन्काउण्टरका नारायण पहारीले जानकारी दिए ।











Post a Comment

 
Top