0
गोल्डेन न्यूज संवाददाता
कतिपटक आफ्नै हातमा खोजेको सामान हुन्छ । तर त्यहि सामानलाई मान्छेले खोजिराखेका हुन्छन् । के के गरिरहँदा कतिपटक दिमागले के गरेको हो ? भन्ने कुरा नै चाल पाउँदैन । यो प्रायःजसो मानिसमा हुने समस्या हो । मानिसले यस्तो खाले दिमागी असरलाई सामान्य रुपमाा लिएको पाईन्छ । तर, यो समस्याले गर्दा दैनिक जीवनमा धेरै नकारात्मक असर गरिराखेको हुनसक्छ । यदि यस्तै खाले समस्या आफुमा पनि देख्नुहुन्छ भने यसको समाधान पनि छ । दिमाग तथा व्यक्तित्व विकास प्रशिक्षक डा. नवल पजियार भन्छन्–‘कसैको पनि दिमाग धेरै र थोरै भन्ने हुँदैन । दिमाग नै सबैभन्दा ठुलो शक्ति हो । तर पछिल्लो समय मानिसहरुले दिमागको शक्तिलाई गलत प्रयोग गर्दै आएका छन् । यीनै प्रशिक्षण पजियारले पोखरामा पनि दिमागको शक्तिको बारेमा जानकारी दिनका लागि पोखरामा निशुल्क वर्कशप संचालन गरिरहेका छन् । असोज ७ गतेसम्म चल्ने यो वर्कशप मुस्ताङचोकस्थित होटल लिगेसीमा संचालन भैरहेको उनले सुनाए । विद्यार्थी, शिक्षक, डाक्टर, ईन्जिनियर, वकिल, व्यापारी, कर्मचारी, गृहणी सबैका लागि यो प्रशिक्षण अति आवश्यक छ ।’ उनले भने–‘र, प्रशिक्षणमा सहभागी भैसकेपछि सबैजनाले आफूमा परिवर्तन पाउनुहुनेछ । म यसको ग्यारेन्टी दिन्छु । पजियारले हालसम्म दिमाग र दिमागले दैनिक जीवनमा पार्ने प्रभावको विषयमा १ हजार भन्दा बढि वर्कशप चलाईसकेका छन् भने लाखौँलाई सेमीनारमा यो कुराको जानकारी गराईसकेका छन् । खासगरि कलिउड र बलिउडका थुप्रै कलाकारहरुलाई दिमाग सम्बन्धि प्रशिक्षण गराएर यीनले चर्चा बटुलेका छन् । त्यसैले यीनलाई ‘सेलिब्रिटि ट्रेनर’को रुपमा चिन्ने पनि धेरै छन् । त्यो बाहेक ५ सय वर्षसम्मको क्यालेन्डर नहेरी मिति र बार बताउने भएकोले पजियार ‘ह्युमन क्यालेन्डर’को रुपमा पनि चर्चित छन् । उनले सिंगापुर, दुबई, मलेसियासँगै भारतका थुप्रै मेट्रोसिटीहरुमा यस्तो खाले तालिम चलाईसकेका छन् । तालिममा सहभागी भैसकेपछि धेरैले आफ्नो स्मरण शक्ति बढेको प्रतिक्रिया दिएको उनी बताउँछन् ।






Post a Comment

 
Top