0
गोल्डेन न्यूज संवाददाता
नेकपा (माओवादी केन्द्र) कास्कीले पार्टी सदस्य १५ हजार पु¥याउने भएको छ । माओवादी केन्द्र कास्कीको बुधबार बसेको जिल्ला सचिवालय बैठकले सदस्यता नवीकरण एवं नयाँ सदस्यता वितरणसँगै पार्टी सदस्य संख्या बढाउने निर्णय गरेको हो । माओवादी केन्द्र कास्कीका संयोजक राजकाजी गुरुङ ‘करण’ले असोजदेखि कात्तिक १५ गतेभित्र पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण कार्यलाई तीव्रता दिइने निर्णय गरिएको जानकारी दिए। केन्द्रमा विभिन्न दश कम्युनिष्ट घटकहरूबीच एकता भएसँगै जिल्लामा पनि असोज २० गतेभित्र एकता भेलाहरू सम्पन्न गर्ने माओवादी केन्द्र कास्कीको योजना छ । सचिवालय बैठकले कात्तिक १५ देखि मंसिर १५ गतेसम्म वडा, गाउँ र नगर एकता सम्मेलन गरिसक्ने तथा पुसको पहिलो सातामा जिल्ला एकता सम्मेलन गर्ने निर्णय गरेको संयोजक करणले जानकारी दिए । यसैगरी, बैठकले कार्य्विभाजन समेत गरेको छ । जस अन्तर्गत कास्की क्षेत्र नं. १ को संयोजकमा लालमोहन तिवारी, सह–संयोजकमा विनय थापा, क्षेत्र नं. २ को संयोजकमा गायत्री दुरा, क्षेत्र नं. ३ को संयोजकमा गंगा पोखरेल, क्षेत्र नं. ४ को संयोजकमा रामजी बराल ‘जीवन’, पोखरा उप–महानगरपालिकाको संयोजकमा दीपक कोइराला ‘रुपक’ र लेखनाथ नगरपालिकाको संयोजकमा शिवजी लामिछानेलाई जिम्मेवारी दिइएको छ । त्यसैगरी, बैठकले जिल्ला कार्यालय सचिवको जिम्मेवारी धर्म गुरुङलाई दिएको छ । माओवादी केन्द्र कास्कीको सचिवालय बैठकले विभिन्न जनवर्गीय संगठन एवं मोर्चाहरू र विभागहरूका लागि समेत कार्यविभाजन गरेको छ । जस अनुसार संगठन विस्तार र एकता बैठकहरूलाई तीव्रता दिने निर्णय पनि बैठकले गरेको छ भने हालसम्म भएको जिल्ला पार्टीको खर्च र आम्दानी पनि अनुमोदन गरेको छ । त्यस्तै माओवादी केन्द्र कास्कीले आफ्नो पार्टीको नेतृत्वमा भएको वर्तमान सरकारले गरेका सकारात्मक कार्यहरूलाई जनसमक्ष पु¥याउन विशेष पहल गर्ने भएको छ । बैठकमा सहभागी जिल्ला सचिवालय सदस्यहरूलाई पार्टी केन्द्रका तर्फबाट भाव सम्प्रेषण सहित प्रशिक्षण दिँदै माओवादी केन्द्र प्रदेश नं. ४ का संयोजक डिलाराम आचार्यले पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कुरालाई जनसमक्ष पु¥याउन निर्देशन दिए । देश अहिले संवेदनशील मोडबाट गुज्रिरहेको र चुनौतीपूर्ण अवस्थामा पार्टीले सरकारको नेतृत्व सम्हालेको जनाउँदै संयोजक आचार्यले माओवादी केन्द्रलाई सिध्याउन चारैतिरबाट गरिएको घेराबन्दी तोड्न पार्टी पंक्ति एकताबद्ध भएर प्रतिवाद गर्नुपर्नेमा जोड दिए ।





Post a Comment

 
Top