युनाइटेड क्लवले विभिन्न उपसमिति तथा सल्लाहकारहरु चयन गरेको छ । हालै सम्पन्न दोश्रो अधिवेशनपछि मंगलबार सम्पन्न पहिलो बैठकले विभिन्न उपसमिति तथा सल्लाहकारहरु चयन गरेको हो । क्लवका अध्यक्ष सुकबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले क्लवको संस्थापक अध्यक्षमा हिमालय बख्रेल, बरिष्ठ सल्लाहकारमा राजेन्द्र बहादुर थापालाई चयन गरेको हो । त्यसैगरी क्लवको सल्लाहकारहरुमा सम्मर बहादुर श्रेष्ठ, क्याप्टेन फत्ते बहादुर गुरुङ, विश्व प्रकाश लामिछाने, सुशिलराज पराजुली, प्रेम छिरिङ शेर्पा, लिलाधर अधिकारी, रमेश कार्की र सेती थापा चयन भएका छन। त्यसैगरी क्लवले विभिन्न १० वटा उप–समितिहरु गठन गरेको छ। जसअन्तर्गत क्लवको शिक्षा उपसमिति संयोजकमा लालकाजी गुरुङ, सोलार जडान उपसमिति संयोजक लोकबहादुर थापा, सेती नदी संरक्षण उपसमिति संयोजकमा राजु श्रेष्ठ, खेलकुद उपसमिति संयोजकमा कृष्णबहादुर थापा मगर, स्वास्थ्य उपसमिति संयोजकमा सूर्यबहादुर बानियाँ, पर्यटन प्रवद्र्धन उपसमिति संयोजकमा शान्त बहादुर थापा, चिडियाखाना निर्माण उपसमिति संयोजकमा हिमालय बख्रेल, महिला उपसमिति संयोजकमा साबित्री थापा, युवा परिचालन उपसमिति संयोजकमा दिनेश सुनार र तालिम तथा प्रशिक्षण उपसमिति संयोजकमा पूर्णकला पोख्रेललाई चयन गरेको छ । बैठकले पोखराको सेती संरक्षणका लागि पांचौ र छैठौं पोखरा महोत्सवबाट छुट्याइएको दुई लाख रुपैयाबाट सेती संरक्षणका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको क्लवका सचिव तथा सेती नदी संरक्षण उपसमितिका संयोजक राजु श्रेष्ठले जानकारी दिए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment