0
गोल्डेन न्यूज संवाददाता
बहिनी एडुकेयर फाउण्डेशनले आफ्नो तेस्रो साधारणसभाको अवसरमा रेडियो जननीका स्टेशन म्यानेजर विमला भण्डारीलाई सम्मान गरेको छ । कार्यक्रममा बहिनी एडुकेयर फाउण्डेशनका अध्यक्ष नविन बरालले आगामी दिनमा पनि फाउण्डेशनले एकल महिला र बालबालिकाको हितमा काम गर्ने बताउँदै सबैमा सहकार्यका लागि आग्रह गरे । सम्मानित व्यक्तित्व भण्डारीले फाउण्डेशनले गरेको कामको सह्राना गर्दै छोरीहरु पनि अवसर पाए सवल बन्न सक्ने बताइन । छोरीलाई सुरक्षित बनाउन अर्थपूर्ण सहभागीताका साथै आवश्यक वातावरण तय गर्नका लागि पहल गर्न आग्रह गर्दै उनले संस्थाले एकल महिला, किशोरी तथा अभिभावक गुमाएका बालिकाहरुलाई शिक्षा र परामर्शका माध्यमबाट समाजमा स्थापित गराउनका लागि गरेका कार्यको प्रशंसा गरिन् ।  बहिनी एडुकेयर फाउण्डेशन का कार्यकारी अधिकृत सुरेन्द« परियारले बालिकाहरुको जीवनस्तरमा परिवर्तन ल्याउन असमानता, विभेद र सामाजिक अन्यायलाई न्युनिकरण गर्नका लागि संस्थाले गरेका कामहरु प्रभावकारी ढंगबाट सञ्चालन भइरहेको र कार्यक्षेत्रको दायरालाई फराकिलो बनाएर स्याङ्जा, तनहुँ र कास्कीमा एडुकेयर फ्यामेली सञ्चालन गर्ने बताउँदै, आगामी वर्षमा गरिने कामको बारेमा जानकारी दिए । कार्यक्रममा बोल्दै एस.ओ.एस बहिनीका अध्यक्ष विजया लक्ष्मी कोइरालाले समाज रुपान्तरणको उद्देश्यका साथ स्थापना भएका गैरसरकारी संस्थाहरुले पारदर्शी तवरबाट काम गर्नुपर्ने बताइन ।  कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष मोहन थापाले संस्थाले महिला र बालिकाको क्षेत्रमा काम गर्दा धेरै चुनौति भएतापनि गरेको कार्यबाट आत्मसन्तुष्टि मिलेको बताए । कार्यक्रममा समाजसेवी दर्शन लामाले लक्षित समूह केन्द«ीत कार्य गर्दै फाउण्डेशनले गरेको कामको प्रशंसा गरे । कार्यक्रममा फाउण्डेशनका कोषाध्यक्ष गौरव हिराचनले आर्थिक प्रतिवेदन पेस गरेका थिए थियो भने सचिव सोनी बागदासले सचिवको प्रतिवेदन पेश गरेका थिए ।






Post a Comment

 
Top