0
गोल्डेन न्यूज संवाददाता
पोखरा रोयल सहकारी संस्थाको अध्यक्षमा पुन मेजर तुलसीप्रसाद गुरुङ निर्वाचित भएका छन् । शनिबार सम्पन्न १५औं वार्षिक साधारणसभाले गुरुङको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । सहकारीको उपाध्यक्षमा रुद्रकुमारी गुरुङ (मैना), सचिवमा भीमबहादुर गुरुङ, कोषाध्यक्षमा क्याप्टेन चन्द्रप्रसाद गुरुङ चयन भएका छन्। सञ्चालकहरुमा ध्रुवमोहन भट्टराई, गिरबहादुर श्रेष्ठ (किरण) र कृष्ण ढकाल निर्वाचित भएको प्रवन्धक मीलन ढकालले जानकारी दिए । लेखा सुपरिवेक्षण समितिको संयोजकमा हर्कबहादुर गुरुङ, सदस्यमा केदारनाथ पोख्रेल र बालाकृष्ण पोडेल निर्वाचित भएका छन् ।
शनिबार नै बसेको सञ्चालक समितिको पहिलो बैठकले सचिव भीमबहादुर गुरुङलाई प्रवन्ध निर्देशकमा नियुक्त गरेको अध्यक्ष तुलसी प्रसाद गुरुङले जानकारी दिए । अध्यक्षमा निर्वाचित गुरुङले सहकारीलाई आगामी दिनमा अझ उत्कृष्ट बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘सम्पूर्ण सेयर सदस्यहरुको भावना बुझेर सहकारीको नेतृत्व गर्नेछु, उनले भने ।
 
यसैबीच, पोखरा रोयल सहकारीद्वारा वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय सहकारी पुरस्कारबाट यस वर्ष झापाका रामचन्द्र उप्रेती सम्मानित भएका छन् । राष्ट्रिय सहकारी संघका पूर्व सञ्चालक, नेपाल बहुउद्देश्यीय सहकारी संस्था झापाका अध्यक्ष एवं दर्जनौं पुस्तकका लेखक उप्रेतीलाई सहकारी क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै साधारणसभाको अवसरमा सम्मान गरिएको प्रवन्ध निर्देशक भीम गुरुङले जानकारी दिए । ११ हजार १ सय ११ रुपैयाँ र सम्मान पत्रबाट उनलाई सम्मान गरिएको हो । संस्थाले प्रदान गर्दै आएको रोयल सहकारी क्षेत्रीय पत्रकारिता पुरस्कारबाट यस वर्ष बाग्लुङका पत्रकार रामबहादुर जि.सी. सम्मानित भएका छन् । ५ हजार ५ सय ५५ रुपैयाँ नगद र प्रमाणपत्रबाट उनलाई सम्मान गरिएको हो । संस्थाले प्रदान गर्दै आई रहेको रोयल प्रतिभा पुरस्कार बाट शेयर सदस्य कृष्ण श्रेष्ठकी छोरी सदिक्षा श्रेष्ठ लाई ५ हजार ५ सय ५५ रुपैयाँ नगद र प्रमाणपत्र बाट उनलाई सम्मान गरिएको हो । शेयर सदस्यका एसएलसी उत्तीर्ण गरेका छोरा छोरीहरुलाई एक हजार रुपैयाँ र प्रमाण पत्रबाट सम्मान गरिएको थियो । संस्थाले वर्ष कर्मचारीको रुपमा अधिकृत अभिषेक गुरुङलाई रु ११ हजार नगद, प्रमाण पत्र र दोसल्लाले सम्मान गरेको थियो । त्यसै गरि उत्कृष्ट वर्ष सदस्यमा जयराम श्रेष्ठ, नरबहादुर गुरुङ्ग र ईमान बहादुर गुरुङलाई सम्मान सम्मान गरेको थियो । सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीद्वारा संस्थाका अध्यक्ष मेजर तुलसीप्रसाद गुरुङलाई उत्कृष्ट अध्यक्षको प्रवन्ध निर्देशक भीमबहादुर गुरुङलाई उत्कृष्ठ प्रवन्ध निर्देशक र संस्थाका प्रवन्धक मीलन ढकाललाई उत्कृष्ट प्रवन्धक रुपमा सम्मान गरेकाले १५औ वार्षिक साधारण सभामा तीनै जनालाई सम्मान गरिएको थियो । साधारणसभाको अवसरमा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी संघका सञ्चालक प्रभा कोइरालाले सहकारी क्षेत्रले नेपालको आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका बताइन् । त्यसैगरि जिल्ला सहकारी संघ लि. कास्कीका अध्यक्ष रविरमण तिवारी, पुरस्कृत व्यक्तित्व द्धय रामचन्द्र उप्रेती र रामबहादुर जिसी लगायतले बोलेका थिए ।





Post a Comment

 
Top