0
गोल्डेन न्यूज संवाददाता
साइकल सिटी पोखराले गर्न लागेको टुर दि पोखराको तयारी पूरा भएको छ । विश्व मुटु दिवसको सन्दर्भमा शनिबार हुन लागेको साइकल ¥याली टुर दि पोखरा अन्तर्गत फेवाताल–बेगनास तालसम्म कार्यक्रम हुन लागेको हो । २८.३ किलोमिटरको रुटमा हुने कार्यक्रमलाई जयन्ती मेमोरियल ट्रष्टको विशेष सहयोग रहेको संयोजक निरज थापाले बताए ।  फ्रान्समा ११३ वर्षअघि टुर दि फ्रान्स साइकल ¥याली  हुँदै आएको छ । कार्यक्रमले विश्वव्यापीरुपमा पारेको सकारात्मक प्रभावबाट प्रेरित भई गत वर्षदेखि साइकल सिटी पोखराले टुर दि पोखराको थालनी गरेको हो । यसवर्ष ‘साइकल चढौं–स्वास्थ्य, वातावरण र पर्यटनका लागि’ भन्ने नाराका साथ टुर दि पोखरा–२०१६ साइकल ¥याली दोस्रो शृंखलाको रुपमा हुन लागेको हो । हालसम्म करिब ४ सय ५० जनाले नाम दर्ता गरी ¥यालीमा सहभागिता जनाउने पक्का भएको छ । यो संख्या शनिबारसम्ममा झन्डै एक हजार जनाले ¥यालीमा सहभागिता जनाउने विश्वास गरिएको सिटीका अध्यक्ष प्रकाश बज्राचार्यले बताए । विश्व साइकल यात्री पुष्कर शाह कार्यक्रमका लागि पोखरा आइसकेका छन्। कार्यक्रममा ७ वर्षका साइकल यात्रीदेखि ८६ वर्षका साइकल यात्रीसम्म सहभागि हुनेछन् । मुख्य प्रवद्र्धकमा नेपाल पर्यटन वोर्ड रहेको छ । पोखरा उप–महानगरपालिका, पोखरा उद्योग वाणिज्य संघ,लेखनाथ नगरपालिका, लेखनाथ उद्योग वाणिज्य संघ,जिल्ला साइक्लिष्ट संघ,कास्की जिल्ला खेलकुद विकास समिति,नेपाल साइक्लिष्ट महासंघ,बाबा फाउन्डेसन, जिल्ला विकास समिति, कास्कीलगायत विभिन्न संघसंस्था तथा उद्योग व्यवसायको सहयोग रहेकोे छ ।












Post a Comment

 
Top