0
बाल तथा महिला सशक्तिकरण समाज नेपालको शनिवार सम्पन्न  १७औं साधारणसभा तथा नवौं अधिवेशनले रजनी कोइरालाई अध्यक्षमा चयन गरेको छ ।   कार्यसमितिको उपाध्यक्षमा मोना गीरी, सचिवमा मिना पाण्डे, सह सचिवमा विमला भण्डारी, कोषाध्यक्षमा बिनाकुमारी गुरुङ चयन भएका छन् भने सदस्यहरुमा मिना लिगल, लक्ष्मी पोखरेल, दुर्गा शर्मा, जमुना शर्मा, इन्दिरा पराजुली र विनिता नेपाली रहेका छन् । अधिबेशनको उद्घाटन गर्दै कास्कीका सहायक जिल्ला शिक्षा  अधिकारी दामोदर सुवेदीले पोखरामा महिला र बालबालीकाको क्षेत्रमा काम गर्ने धेरै संस्था मध्ये उत्कृष्ट संस्थाको रुपमा रहेको यो संस्था रहेको बताए । समाजका अध्यक्ष सिता भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा स्थापना कालदेखि संस्थाको हरेक गतिविधिमा सहयोग पुर्याउँदै उत्कृष्ट कार्य गरेको भन्दै कर्मचारीहरु शिला पन्त, धना पौडेल, पुष्पा पुन र दुर्गा शर्मालाई सम्मान पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका संस्थापक तथा पूर्वउपाध्यक्ष बिष्णुकला भण्डारी, संरक्षक अधिवक्ता सरला कुमारी पाण्डे, महिला तथा बालबालिका कार्यलय कास्कीका बाल संरक्षण अधिकृत विन्दु भण्डारी, अधिवक्ता जानकी शर्मा, सहभागितात्मक सेवा विकास केन्द्रका अध्यक्ष सरोज बराल, गैसस महासंघ कास्कीका उपाध्यक्ष पदमराज पहारी, ईसीडी फोकल पर्सन रमिता महतो, पत्रकार श्यामनाथ कुवँर र उच्च अदालत बार इकाई पोखराका उपाध्यक्ष दिपक बाँस्तोला  लगायतले बोलेका थिए ।






Post a Comment

 
Top