0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लब अफ पोखरा पिस सिटी, पोखरा टेम्पल सिटी, लेखनाथ गार्डेन सिटी, लेखनाथ बाटीका र लियो क्लब अफ पोखरा पिस सिटीकोे संयुक्त पदस्थापन कार्यक्रम आईतवार पोखरामा सम्पन्न भएको छ । लायन्स अन्तर्राष्ट्रिय ३२५ बी १ नेपालका डिष्ट्रिक्ट गर्भनर बालकृष्ण बुर्लाकोटीले बर्ष १६÷१७ का अध्यक्षहरु पिस सिटीका किशोरमोहन भट्टराई, टेम्पल सिटी टुल्कनाथ आचार्य, गार्डेन सिटीका भरतकुमार अधिकारी, बाटीकाका हरिप्रसाद धमला र लियो क्लब अफ पोखरा पिस सिटीका अनिल सुवेदीलाई पद तथा गोपनीयताको सपथ खुवाई संयुक्त पदस्थापन गरेका थिए । कार्यक्रममा निर्वतमान डिष्ट्रिक्ट गर्भनर धुव्रबहादुर थापाले लायन्स क्लब अफ पोखरा पिस सिटीको स्पोन्सरमा लायन बर्ष १५÷१६ मा गठन भएको क्लब लेखनाथ गार्डेन सिटीकोे चार्टर हस्तान्तरण गरेका थिए । लायन्स क्लब अफ पोखरा पिस सिटीका बर्ष २०१५÷१६ का अध्यक्ष टंकराज अधिकारीले आफ्नो कार्यकालमा भएका मुख्य मुख्य कार्यहरु अन्तर्गत अन्तर लायन्स फुटवल प्रतियागिता, क्लबको नयाँ प्रोजेक्टकोरुपमा क्लोथ बैंक स्थापना गरि न्यानो कपडा चेपाङ बस्तिका लक्षित वर्ग समक्ष लगि बितरण, भूकम्प प्रभावित विद्यालयमा पुस्तकालय स्थापना लगायतका कार्यहरु रहेको बताए। कार्यक्रममा २०७२ सालको एसएलसीमा उत्तीर्ण क्लबका लायन सदस्यहरुका छोरा छोरीलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत क्लबका पूर्व अध्यक्ष ख्यामनारायण काफ्लेका छोरी कृति काफ्ले र सदस्य युवराज खनालका छोरा संजय खनाललाई गर्भनर बालकृष्ण बुर्लाकोटी र क्लबका अध्यक्ष टंकराज अधिकारीले संयुक्त रुपमा सम्मान गरेका थिए ।  कार्यक्रममा बर्ष १६÷१७ का अध्यक्षहरु पिस सिटीका किशोरमोहन भट्टराई, टेम्पल सिटी टुल्कनाथ आचार्य, गार्डेन सिटीका भरतकुमार अधिकारी, बाटीकाका हरिप्रसाद धमला र लियो क्लब अफ पोखरा पिस सिटीका अनिल सुवेदीले आफ्ना भावी कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा डिष्ट्रिक्ट गर्भनर बालाकृष्ण बुर्लाकोटी र निर्वतमान डिष्ट्रिक्ट गर्भनर धुव्र बहादुर थापालाई पिस सिटीका तर्फबाट ८ जना र लेखनाथ गार्डेन सिटीका तर्फबाट १०० प्रतिशत एनएलएफ सहित २ जना एमजेएफको चेक दुवै क्लबका अध्यक्ष किशोरमोहन भट्टराई र भरतकुमार अधिकारीले हस्तान्तरण गरेका थिए ।
उक्त अवसरमा पिएमसिसिद्वय दिपक श्रेष्ठ, प्रेमबहादुर श्रेष्ठ, प्रथम भाईस डिष्ट्रिक्ट गर्भनर धनराज आचार्य, डिष्ट्रिक्ट एड्भाईजर रामचन्द्र पोख्रेल, पिस सिटीका सस्थापक अध्यक्ष सुदीपराज ढुंगाना, पूर्व अध्यक्ष प्रशान्तराज धमला, प्रथम उपाध्यक्ष जीवन ढुंगाना, तृतीय उपाध्यक्ष हरिराम पराजुली सचिवद्वय राजेन्द्र ढकाल र रामप्रसाद अधिकारीले आ–आफ्ना भनाई राखेका थिए ।





Post a Comment

 
Top