0
गोल्डेन न्यूज संवाददाता
पोखरा उद्योग वाणिज्य संघले आउँदो मंसिर २३ गतेदेखि पुस ४ गतेसम्म आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलालाई सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक र कार्यसम्पादन समिति तथा विभिन्न उपसमितिहरु गठन गरेको छ । संघका अध्यक्ष विश्वशंकर पालिखेको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले अध्यक्ष पालिखेकै संयोजकत्वमा मेला मूल आयोजक र कार्यसम्पादन समिति गठन गरेको हो । समितिको सदस्य सचिवमा संघका महासचिव दामु अधिकारी, कोषाध्यक्षमा संघका कोषाध्यक्ष पवनकुमार प्रजापति र सदस्यहरुमा संघका पदाधिकारी, कार्यसमिति सदस्यहरु, बस्तुगत संघका अध्यक्ष, विभिन्न संघरसंस्थाका अध्यक्ष, सम्बन्धित कार्यालयका प्रमुखहरु रहेका छन् । यसैगरी संघका पूर्व अध्यक्षहरु र कास्कीका सभासदहरु सो समितिको सल्लाहकार रहनु भएको महासचिव दामु अधिकारीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । बैठकले मेला सम्पन्न गर्न विभिन्न उपसमितिहरु पनि गठन गरेको छ । महासचिव अधिकारीका अनुसार मेलाको अतिथि व्यवस्थापन उपसमितिमा संघका निवर्तमान अध्यक्ष विन्दुकुमार थापा रहेका छन् । मेलाको प्रायोजक व्यवस्थापन उपसमितिमा संघका बरिष्ठ उपाध्यक्ष रविन्द्रबहादुर प्रजु, मेला व्यवस्थापन तथा स्टल व्यवस्थापन उपसमितिमा संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्की, प्रकाशन तथा उपहार व्यवस्थापन उपसमितिमा संघकी उपाध्यक्ष विन्दु कोइराला सुवेदी, प्रचार प्रसारमा संघका महासचिव दामु अधिकारी, साँस्कृतिक उपसमितिमा संघका कोषाध्यक्ष पवनकुमार प्रजापति, बाल उद्यानमा संघका कार्यसमिति सदस्य देवकृष्ण पराजुली, स्वास्थ्यमा कार्यसमिति सदस्य अनिल सिग्देल, हस्तकला तथा कृषि व्यवस्थापन उपसमितिमा संघका कार्यसमिति सदस्य गोमा ढकाल, सुरक्षा व्यवस्थापनमा कार्यसमिति सदस्य किसान सुनार, स्टेज व्यवस्थापनमा कार्यसमिति सदस्य नरेन्द्र बास्तोला, व्यानर प्रायोजनमा कार्यसमिति सदस्य प्रकाशदेव पालिखे, टिकटमा कार्यसमिति सदस्य प्रेमबहादुर भुजेल, विद्युत तथा टेलिफोनमा कार्यसमिति सदस्य सीता बराल, वातावरण,सरसफाई तथा खानेपानी व्यवस्थापन उपसमितिमा कार्यसमिति सदस्य गीताकुमारी तिवारी, पर्यटन व्यवस्थापनमा कार्यसमिति सदस्य सुरेन्द्रमान विजुक्छे, यातायातमा कार्यसमिति सदस्य कमलबहादुर बस्नेत, स्थानीय समन्वय व्यवस्थापन उपसमितिमा कार्यसमिति सदस्य यदुनाथ अधिकारी, व्यानरमा कार्यसमिति सदस्य चन्द्रकिशोर गौतम र मूलद्वार व्यवस्थापन उपसमितिमा कार्यसमिति सदस्य डिबि भुजेल रहेका छन् । बैठकले संघको दैनिक कार्य प्रशासन सम्पन्न गर्नको लागि महासचिव दामु अधिकारीको संयोजकत्वमा प्रशासन र सदस्यता उपसमिति, कोषाध्यष पवनकुमार प्रजापतिको संयोजकत्वमा आर्थिक उपसमिति, बरिष्ठ उपाध्यक्ष रविन्द्रबहादुर प्रजुको संयोजकत्वमा हेल्प डेस्क र कार्यसमिति सदस्य प्रकाशदेव पालिखेको संयोजकत्वमा अन्तर्राष्ट्रिय÷विदेश विभाग उपसमिति गठन गरेको छ । यसैगरी संघको कार्यसमिति बैठकले संघको कार्यसमितिलाई आवश्यक राय सुझाव प्रदान गर्नको लागि पूर्व अध्यक्षहरु अशोक पालिखे,आजाद श्रेष्ठ, बसन्त उदास, रमेश कर्माचार्य,राजेन्द्रकुमार लालचन, दीपक श्रेष्ठ, मानकाजी माकाजु,कृष्णमोहन श्रेष्ठ र संजीवबहादुर कोइरालालाई सल्लाहकार मनोनयन गरेको छ ।




Post a Comment

 
Top