0
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका संस्थापक अध्यक्ष हेमबहादुर प्रधानद्वारा स्थापित तथा सोही समितिद्वारा संचालित हेम–देवी धर्म संस्कृति तथा समाजसेवा पुरस्कार वरिष्ठ संस्कृतिविद् तथा साहित्यकार सत्यमोहन जोशीलाई प्रधान गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा यहि असोज १३ गते हुने एक समारोहमा जोशीलाई उक्त पुरस्कारबाट सम्मान गरिने भएको हो । समितिका संस्थापक अध्यक्ष प्रधानले १५ लाख रुपैयाँको अक्षयकोष राखेर उक्त पुरस्कारको स्थापना गरेका हुन् । नेपालमा रहेर धर्म संस्कृति र समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्ति वा संस्थालाई प्रत्येक २÷२ वर्षमा १ लाख १ हजार रुपैयाँ  र सम्मानपत्र प्रदान गरिने समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए । प्रतिभा छनौट गर्न समितिका अध्यक्ष श्रेष्ठको संयोजकत्वमा सचिव तीर्थ श्रेष्ठ, पुरस्कारका संस्थापकका प्रतिनिधि रविन्द्र प्रधान, सनातन धर्म सेवा समितिका पूर्व अध्यक्ष मुकुन्दशरण उपाध्याय र युवा पण्डित कमल नयन गौतम सदस्य रहेको समिति गठन गरिएको थियो ।

Post a Comment

 
Top