0
गोल्डेन न्यूज संवाददाता 
पोखराको मासबारमा रहेको  श्री कृष्ण माविको विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रियाका बारेमा वडा स्तरीय राजनीतिक दल र विभिन्न संघ–संस्थाको तर्फबाट असन्तुष्टि प्रकट गरिएको छ । अवैधानिक ढङ्गले समिति गठन गरिएको भन्दै त्यसलाई बहिष्कार गर्न र वैधानिक तवरबाटै समिति गठन गर्न सम्बन्धित निकायसंग माग गर्दै विभिन्न संघ–संस्था र राजनीतिक दलका प्रतिनिधिले समिति गठन प्रक्रियाको छानविन गर्न समेत माग गरेका छन् । गत भदौ २४ गते विद्यालय व्यवस्थापन समिति गठन गर्ने नाममा अभिभावकको गणपुरक संख्या नपु¥याइ तथा स्थानीय समूदायको सहमति विपरित नेकपा एमालेका २ जना स्थानीय नेतालाई समितिमा मनोनयन गरि तीनै मध्ये तेजनारायण अधिकारीलाई अध्यक्ष चयन गरिएको भन्दै विभिन्न क्षेत्रबाट असन्तुष्टि प्रकट भएको हो । यसैक्रममा वडामा क्रियाशील नेकपा एमाले बाहेकका सबैजसो राजनीतिक दलका प्रतिनिधिहरुको भेलाले उक्त समितिलाई बहिष्कार गर्न र वैधानिक तवरबाट समिति गठन गर्न सरोकारवालाको ध्यानाकर्षण गराएको छ । भेलाको अध्यक्षता नेपाली कांग्रेसका वडा नं. ७ का सभापति नविनराज बरालले गरेका थिए भने भेलामा कांग्रेसका पूर्व क्षेत्रीय सभापति शोभाचन्द्र बराल, पूर्व नगर सभापति विष्णुहरि बराल, पोखरा नगर सचिव सरोजनारायण बराल, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य युवराज पराजुली, वडा संयोजक सूर्यबहादुर कार्की र नेता परमेश्ववर आचार्य, वडा सदस्य दण्डपाणि आचार्य, नयाँ शक्ति नेपालका सह–संयोजक खड्क बहादुर गुरुङ, कमला रानाभाट, राप्रपा नेपालका वडा अध्यक्ष कान्छा कुमार जलारी समेतको बैठकले विद्यालयको शैक्षिक र भौतिक विकासका लागि एक भएर अघि बढ्नुका साथै विद्यालयमा सम्पन्न विराट महायज्ञको मर्म र भावना बमोजिम राजनीतिक सहमति कायम गरेर अघि बढ्ने निर्णय पनि गरेका छन् ।
 
यसैगरी स्थानीय विभिन्न संघ–संस्थाको तर्फबाट पनि विद्यालयको वृत्ति विकास र शैक्षिक उन्नयनका लागि साझा सहमति र प्रयास हुनुपर्नेमा जोड दिइएको छ । अक्षयकोष दाता ठाकुरप्रसाद बराल, वडा नागरिक मञ्चका अध्यक्ष राममोहन आचार्य, नुवारथोक टोल विकास संस्थाका अध्यक्ष सञ्जय पौडेल, मिलन टोल विकास संस्थाका अध्यक्ष अर्जुन भण्डारी, भूपू विद्यार्थी मञ्चका अध्यक्ष युवरज बराल, शिक्षक–अभिभावक संघका पूर्व अध्यक्ष सूर्य बहादुर कार्कि, समाजसेवा युवा क्लवका अध्यक्ष अंकित बराल, पोखरा पिस क्लवका अध्यक्ष सुजन बराल, संस्थापक अध्यक्ष राजेन्द्र प्रसाद अधिकारी, ढाँड आमा समूहकी कावा अध्यक्ष हीरादेवी कार्की, महिला विकासका लागि आमा समूहकी अध्यक्ष मनमाया पौडेल, ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष डिल्लीराम बराल, जनजागृति बाबु समूहका अध्यक्ष दिलबहादुर गुरुङ, पोखरीपाटन टोल विकास संस्थाका उपाध्यक्ष नारायण प्रसाद बराल, विद्यालयका पूर्व सल्लाहकार विश्वेश्वर पराजुली, भीमा पौडेल, दामोदर बराल, पूर्व सदस्य रामप्रसाद बास्ताकोटी लगायत ३२ जनाले ध्यानाकर्षण गराएका छन् ।


Post a Comment

 
Top