0
गोल्डेन न्यूज संवाददाता
पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पोखरामा युवा ब्यवसायीद्वारा सञ्चालित पशु फर्मको अवलोकन गरेका छन । ओलीले युवा ब्यवसायी तथा समाजसेवी राजेश गुरुङले पोखरा–१४ बी.पी मार्गमा सञ्चालन गरेको माता मनकामना पशु फर्मको सोमबार अवलोकन गरेका हुन । फर्मको अवलोकन गर्दै युवा पुस्ताले आफ्नो पुख्र्यौली पेशा पशुपालनलाई आधुनिक ढंगले संचालन गरेर युवाहरुलाई पशुपालन तर्फ आकर्षित गराउन सफल भएको बताए । आधुनिक ढंगले नेपालमानै पशुपालनको क्षेत्रमा लगानी गर्न सकेको खण्डमा मुलुकले बाहिरी देशबाट पशुबाट उत्पादन हुने बस्तुहरु आयात गर्नमा कमी हुने र मुलुकको अर्थ ब्यवस्था पनि राम्रो हुने भन्दै ओलीले अन्य युवाहरुले पनि राजेश गुरुङ जस्तो युवा बाट पाठ सिक्नुपर्ने बताए । मुलुकमा अझैपनि पुरानै ढंगबाट पशुपालन गर्ने गरिरहेको भन्दै उनले पशुपालनलाई अवका दिनमा आधुनिक ढंगले सञ्चालन गरी मनग्य फाइदा लिन सकिने बताए । पशुपालन आँफैमा गा¥हो भएतापनि आधुनिक ढंगले संचालन गर्ने हो भने ग्रामिण भेगमा मात्र नभइ बजारमा पनि यो पेशा सहजै रुपमा संचालन गर्न सकिन्छ भन्ने उदाहरण युवा ब्यवसायी राजेश गुरुङबाट पाठ सिक्नुपर्ने उनको भनाइ रहेको थियो ।
सो अवसरमा वोल्दै नेपालकै ठूलो भैसी फर्म संचालक कास्कीका इमान सिंङ गुरुङले आफूबाट युवा ब्यवसायी राजेश गुरुङले भैसी पालनप्रति अभिप्रेरित भएको बताए । उनले आफूले गाइपालन भन्दापनि भैसी पालनबाट फाइदा हुने भएकाले भैसी पालनलाई प्राथमिकता दिएको बताए । राजेश गुरुङ जस्ता युवाहरुले भैसी पालनलाई प्राथमिकता दिने हो भने विदेशी भूमिमा भन्दा आफ्नै भूमिमा बसेर मनग्य फाइदा उठाउन सकिने उनको भनाइ थियो।



Post a Comment

 
Top