0
गोल्डेन न्यूज संवाददाता
संविधान दिवसका अवसरमा जिल्ला मूल समारोह समिति कास्कीको आयोजनामा सोमबार पोखरामा संविधान दिवस मनाइएको छ । नेपालको संविधान जारी भएको पहिलो वार्षिकोत्सव का अवसरमा पोखरामा विशेष समारोह आयोजना गरिएको संविधान दिवस मनाइएको हो । संविधानसभामार्फत  एकवर्ष अघि संविधान जारी भएको थियो ।  दिवसका अवसरमा पोखराको सिर्जनाचोकदेखि सुरु भएको ¥याली जनप्रिय मार्ग, रत्नचोक, राष्ट्रबैंक चोक, सहिद चोक हुँदै जिल्ला विकास समितिको कार्यालयमा गएर कोणसभामा परिणत भएको थियो । बाजागाजाका साथ निस्केको ¥यालीमा पोखरास्थित क्षेत्र एवम् जिल्लास्तरका कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख, राजनीतिक दल, नागरिक समाजका प्रतिनिधिको उपस्थिति थियो । ¥यालीपछि आयोजित कोणसभामा बोल्ने वक्ताले संविधानको कार्यान्वयन अपरिहार्य भएकामा जोड दिएका थिए । नेपाली जनताको लामो संघर्षको प्रतिफलस्वरुप देशले संविधान प्राप्त गरे पनि संविधान प्राप्त भएको एक वर्षसम्म यसको कार्यान्वयन पक्ष अघि बढ्न नसकेकामा वक्ताहरुले चिन्ता व्यक्त गरेका थिए ।
 
उनीहरुले भने–‘संशोधनबाट मधेसी, थारू, आदिवासी जनजाति लगायत समुदायका गुनासाको यथोचित सम्बोधन भई संविधानको स्वीकार्यता अझ फराकिलो हुने र यसको पूर्ण कार्यान्वयनले गति लिने विश्वास छ ।’ ‘विश्वका कुनैपनि संविधान एकैचोटि पूर्ण भएका छैनन्, समय समयमा हुने संशोधनबाट संविधान परिष्कृत र परिपक्व हुने हो’, उनीहरुले भने–‘संविधान  गतिशील र जीवन्त दस्तावेज भएकाले मुलुकको वस्तुगत परिस्थिति र जनताको आकांक्षा अनुसार यसलाई संशोधन गर्नुपर्छ ।’ एकपटक यसका महत्वपूर्ण अंशमा संशोधन भइसकेको छ भने अब अर्को संशोधनका लागि गम्भीर हुन जरुरी रहेको उनीहरुको भनाइ छ ।  संविधानको कार्यान्वयनबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन पुगेको, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानुनी राज्यजस्ता लोकतन्त्रका अवयवको जगमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि मार्ग प्रशस्त भएको चर्चा वक्ताहरुले बताए ।
 
उनीहरुले भने–‘संविधानले नागरिक तथा राजनीतिक हक मात्र होइन आर्थिक, सामाजिक, सांस्कृतिक हकअधिकार पनि  सुनिश्चित गरेको छ । संविधानले नेपालमा बसोबास गर्ने समस्त आदिवासी, जनजाति, महिला, दलित, अल्पसङ्ख्यक, मुसलमान, मधेसी, थारू, उत्पीडित, पिछडिएका वर्ग, क्षेत्रलगायत सम्पूर्ण नेपालीले आजसम्मको संघर्षबाट प्राप्त गरेका हकअधिकार र अवसरको सुनिश्चिततालाई संस्थागत गरेको छ । कार्यक्रममा सांसद चूडामणि जङ्गलीले संविधान मूल कानून भएका कारण यसको पालना गर्नु प्रत्येक नेपाली जनताको कर्तव्य भएको बताए । कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय सह–प्रशासक दिवाकर बाँस्तोला, कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, नेकपा एमाले कास्कीका उपसचिव प्रभा कोइराला, नेपाली काँग्रेस कास्कीका पूर्वसचिव युवराज कुँवर, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक राजकाजी गुरुङ राप्रपाका नरहरि तिमल्सिनालगायतले नेपाली जनताको संघर्षका उपलब्धि जोगाउन संविधान कार्यान्वयनको विकल्प नभएको बताएका थिए । यसैबीच पोखरामा समुवान संघर्ष समितिले संविधानको विरोधमा प्रदर्शन, विरोध सभाका साथै कालो संविधान भन्दै जलाइएको छ । लखनचोकबाट प्रतिगामी संविधान खारेज गर, जनताको संविधान पुर्नलेखन गर, असोज तीन कालो दिन, तमुवान प्रदेश घोषणा गर, संघीय गठबन्धनको माग पुरा गर लगायतका कालो व्यानर र नाराका साथ शुरु भएको विरोध प्रदर्शन नयाँबजार हँुदै महेन्द्रपुलको भिमसेनचोकमा पुगी विरोध सभामा परिणत भएको थियो ।

Post a Comment

 
Top