0
गोल्डेन न्यूज संवाददाता
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मुलुकलाई राजनीतिक र संवैधानिक संकटतर्फ धकेल्ने षडयन्त्र भैरहेको भएको भन्दै संविधान च्यात्ने र जलाउने पाण्खडीको पछि नलाग्ने बताएका छन् । उनले संविधान गतिशील दस्तावेज भएको भन्दै यसको चिरहरण हुने गरी संशोधन संशोधनको पाखण्डी र नौटंकीको पछि नलाग्ने स्पष्ट पारे । पोखरामा सोमबार आयोजित समारोहमा प्रेस चौतारी नेपाल कास्की शाखाद्वारा स्थापित प्रेस चौतारी पत्रकारिता पुरस्कार पत्रकार निमदत्त सुवेदीलाई हस्तान्तरण गर्दै महासचिव पोखरेलले उक्त कुरा बताएका हुन् । उनले भने–‘संविधान च्यात्ने र जलाउनेको पछि एमाले लाग्दैन । संविधान गतिशील दस्तावेज भएको कारण यसको चिरहरण हुने गरी संशोधन संशोधनका लागि पाखण्डी र नौटंकीको पछि लाग्दैन ।’ उनले नेपालमा विभिन्न बहानामा संविधान कार्यान्वयन हुन नदिने र राष्ट्रिय स्वाधिनता कमजोर बनाउने खेल भैरहेको दाबी गरे । नेपाली जनताको संघर्षको प्रतिफलस्वरुप प्राप्त संविधानलाई कार्यान्वयन गर्नका लागि पार्टी दृढताका साथ लाग्ने बताए । कार्यक्रममा महासचिव पोखरेलले सञ्चार क्षेत्र समाजको सत्य तथ्यलाई उजागर गर्ने महत्वपूर्ण माध्यम भएको बताउँदै नेकपा एमालले पार्टीको नीति निर्माण लगायत स्थानमा सञ्चार क्षेत्रलाई महत्वपूर्ण भूमिका प्रदान गर्दै आएको बताए । सम्मानित व्यक्तित्व सुवेदी राष्ट्रिय समाचार समिति पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराका प्रमुख हुन् । उनलाई नगद ११ हजार १११ रुपैयाँ सहित दोसल्ला ओढाएर सम्मानपत्र हस्तान्तरण गरिएको हो ।



Post a Comment

 
Top