0
लियो क्लव अफ पोखरा पिस सिटीको आयोजनामा दोस्रो अन्तर लियो फुटसल प्रतियोगितामा शनिबार पोखरामा सम्पन्न भयो । प्रतियोगितामा लियो क्लव अफ पोखरा सेन्ट्रल विजयी भएको छ । १२ टीम सहभागी प्रतियोगितामा लियो पोखरा सेन्ट्रलले लियो क्लव अफ पोखरा चौतारीलाई १०–७ गोल अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा उपाधि लियो क्लव अफ पोखरा सेन्ट्रल प्रथम भइ ७ हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त ग¥यो भने, उपविजेता लियो क्लव अफ पोखरा चौतारीले नगद ४ हजार रुपैयाँ पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । प्रतियोगितामा म्यान अफदी टुर्नामेन्ट लियो क्लव अफ पोखरा सेन्ट्रलकै गोलरक्षक अवतार गुरुङ हुन सफल भए भने उत्कृष्ट टीम लियो क्ल्व अफ पोखरा माछापुच्छ«े हुन सफल भयो ।  प्रतियोगिताको उद्घाटन गर्दै लायन्स क्लव इन्टरनेशनल ३२५ बी १ नेपालका डिष्ट्रिक्ट गभर्नर बालकृष्ण बुर्लाकोटीले पिससिटी लियो क्लवले फुटसल प्रतियोगिता आयोजना गरेर नमूना काम गरेको बताए। प्रतियोगिताले लियो क्लवहरु बीच आत्मीय भावना जागरण गराउने भन्दै उनले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए ।  कार्यक्रममा लियोका मल्टिपल डिष्ट्रिक्ट प्रेसिडेन्ट अशोक पौडेलले फुटसल प्रतियोगिता आयोजना गरेर लियो क्लव अफ पोखरा पिस सिटीले लियो क्लवको इतिहासमै नमूना काम गरेको बताए ।  क्लवका अध्यक्ष अनिल सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा लियो डिष्ट्रिक्ट ३२५ बी १ नेपालका प्रथम उपाध्यक्ष राजेन्द्र बराल, लायन्सका पूर्व मल्टिपल काउन्सिल चियर पर्सन प्रेमबहादुर श्रेष्ठ, लायन्स क्लव अफ पोखरा पिससिटीका अध्यक्ष किशोरमोहन भट्टराई, सचिव रामप्रसाद अधिकारी, संस्थापक अध्यक्ष सुदिपराज ढुंगाना, निवर्तमान अध्यक्ष टंकराज अधिकारी, लियोका एडभाइजर जीवन ढुंगाना, लियो डिष्ट्रिक्ट एड्भाइजर ठाकुर पौडेल, रिजन को–अर्डिनेटर विनय क पौडेल, क्लवका संस्थापक अध्यक्ष अखिल धमला लगायत सहभागी थिए । कार्यक्रममा क्लवका सदस्य एवं कार्यक्रम संयोजक गौरव सुवेदीले धन्यवाद ज्ञापन, स्वागत क्लवका प्रथम उपाध्यक्ष विवेक धमला र संचालन सचिव नानु अधिकारीले गरेकी थिइन ।

Post a Comment

 
Top