0
गोल्डेन न्यूज संवाददाता
नेपाली काँग्रेस क्षेत्र नं.४ कास्कीको आयोजना तथा नेपाली काँग्रेस लाहाचोक गाउँ कार्य समिति, कास्कीको व्यवस्थापनमा सोमबार आयोजित प्रस्तावित माछापुच्छ«े गाउँ पालिकास्तरीय वृहत कार्यकर्ता भेला सम्पन्न भएको छ। कार्यक्रममा बौल्दै राजनीतिक विश्लेषक वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल निर्वाचन नभए संविधान नै नरहने बताएका छन्। निर्वाचन नभईकन संविधान कार्यान्वय हुँदै परिवर्तनलाई संस्थागत गर्न पनि निर्वाचन गर्नु पदर्छ उनले भने–संविधानलाई जोगाउन पनि निर्वाचनको विकल्प छैन। निर्वाचनको बेलामा मात्रै जनतामाझ जाने परिपाटीको अन्त्य काँग्रेसबाटै गर्नुपर्ने उनको भनाई थियो।  निर्वाचन हुन्छ हुँदैन त्यता तर्फ ध्यान दिने होईन उनले भने– निर्वाचन नभए पनि काँग्रेस वलियो बनाउनुपर्दछ। जहिले चुनाव हुन्छ त्यहिल्यै जित्छ। । नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले निर्वाचनलाई शन्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि हामीले सकल्प गर्नु पर्ने बताए। निर्वाचन हुन्छ यसमा कुदै दुविधा नपाल्नुहोस् उनले भने–अब गाउँ गाउँमा जसलाई अगाडि सार्दा चुनाव जित्छ त्यसैलाई अगाडि सार्नु पर्दछ। अधिकार रक्षाका लागि जिम्मेवार भएर लाग्नु पर्ने उनको भनाई थियो।
 
नेपाली काँग्रेस कास्कीका सभपाति कृष्ण केसीले स्थानीय निकायको निर्वाचन कुनैपनि हालतमा हुने भएकोले टिका टिप्पणी नअल्झिकन निर्वाचनमा होमीन आग्रह गरे। नेपाली काँग्रेसका महासमिति सदस्य रामचन्द्र त्रिपाठीले निर्वाचमा उच्च मनोवलका साथ अगाडि बढ्न आग्रह गरे। नेपाली काँग्रेस क्षेत्र नं.४ कास्कीका सभपाति पोषनाथ शर्माले पार्टीको नीति तथा कार्यक्रमम र निर्वाचनको वारेमा जानकारी दिने उद्देश्यले भेला आयोजना गरिएको जानकारी दिए।
कार्यक्रममा महासमिति सदस्य आईबहादुर गुरुङ, महासमिति सदस्य दिपक गुरुङ, महाधिवेशन प्रतिनिधि हरिमाया गुरुङ, महाधिवेशन प्रतिनिधि राजबहादुर गुरुङ, महाधिवेशन प्रतिवेदन प्रतिनिधि मनबहादुर विक, पूर्व महासमिति सदस्य खुशीमान गुरुङ, पूर्व सचिव युवराज कुँवर,नेपाल किसान संघ कास्कीका सभापति भेषराज पराजुली, नेपाली काँग्रेस कास्कीका सदस्य अम्मरबहादुर कार्की अनिल, नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ, नेपाल महिला संघ क्षेत्र नं.४ कास्की सभापति खेमकुमारी गुरुङ, नेपाली काँग्रेस क्षेत्र नं.४ कास्कीका सह–सचिव राजराम पौडेल, नेपाली काँग्रेस पोखरा–२७ का सभपाति दानबहादुर थापा, सार्दी खोला गाउँ इकाइ सभापति गुञ्जमान गुरुङ, माछापुच्छ«े गाँउ इकाइ सभापति भिमबहादुर गुरुङ, धिताल सभापति चित्रसिंह गुरुङ, रिभानका सभपाति तोरणबहादुर गुरुङ, ल्वाङ्घलेलका सभापति समबहादुर गुरुङ, धम्पुसका सभपति शुकबहादुर गुरुङ, घाचोक सभापति वेलबहादुर गुरुङले बोलेका थिए। वृहत कार्यकर्ता भेला स्थानिय व्यवस्थापन समितिका संयोजक तथा लाहाचोक गाउ कार्य समिति सभापति मधुसुदन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं.४ कास्कीका उपसभापति कमलबहादुर गुरुङले स्वागत र सचिव खिमलाल बाँस्तोलाले कार्यक्रम सञ्चालन गरेका थिए।


Post a Comment

 
Top