0
भाष्कर मेमोरियल स्कुल पोखरा–११ फूलवारीमा जिल्ला स्तरीय वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी कास्की शाखाको आयोजना तथा भाष्कर मेमोरियल स्कुलका व्यवस्थापनमा सम्पन्न गरिएको थियो । नेपाल रेडक्रस सोसाईटी कास्की शाखाका सभापति वामदेव ढुङ्गानाले कार्यक्रमको उद्घाटन गर्दै जुनियरहरुले रेडक्रस ज्ञानको प्रचार–प्रसारमा महत्वपूर्ण योगदान गरेको बताए । रेडक्रस सोसाईटी कास्की शाखाका सदस्य एवं जुनियर युवा संयोजक रोजेश कुमार घिमिरेले कार्यक्रमाथि प्रकाश पारेका थिए ।  विद्यालयका संस्थापक प्रिन्सिपल विश्वराज बाँस्तोलाले स्वागत मन्तव्य व्यक्त गर्दै वक्तृत्वकलाले विद्यार्थीमा आत्म विश्वास बढाउने धारणा व्यक्त गरेका थिए । छात्रा समृद्धि घिमिरेले रेडक्रसको सात सिद्धान्त वाचन गरेकी थिइन् । वक्तृत्वकला प्रतियोगितमा मदरल्याण माविका सुजन दर्जी प्रथम, गण्डकी आवासीय माविकी संस्कृति चापागाई द्वितीय, भाष्कर मेमोरियल स्कुलकी सन्ध्या बाँस्तोला तृतीय र हेम्जा वोर्डिङ स्कुलकी भावना अधिकारीले सान्त्वना स्थान प्राप्त गरेका थिए । कार्यक्रममा पृथ्वीनारायण क्याम्पस नेपाली विभाग प्रमुख सहप्राध्यापक कृष्णप्रसाद पौडेल, गुप्तेश्वर बहुमुखी क्याम्पसका लालमणि पोख्रेल र टेकनाथ आचार्यले निर्णायकको भूमिका निर्वाह गरेका थिए । जुनियर रेडक्रस सर्कल भाष्कर मेमोरियल स्कुलका अध्यक्ष सुलभ बास्तोलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन शिक्षक नायक विनोद थापाले गरेको थिए भने दीक्षा बाँस्तोला, लालमणि पोखर्रेलले लगायतले मन्तव्य राखेका थिए ।




Post a Comment

 
Top