राजाराम पौडेल÷गोल्डेन

आफ्नो आवाज रेडियोबाट गुञ्जाउने रहरले गर्दा पोखरा आएपछि पनि थुप्रै रेडियोहरुमा आउने लोक कार्यक्रममा गीत गाउने जाने गर्दथे । पोखरामा उच्च शिक्षाका लागि आएपछि लोकसंगीतको माहोल त्यति मिलेन । सँगै पढ्ने साथीहरु लोक गीत नसुन्दा आफले गाउँछु भनेर भन्न अप्ठ्यारो लागेको थियो । पछि विस्तारै आफूसँगै मिल्ने र गीत मन पराउने साथीहरुसँग भेट भएपछि गीतलाई निरन्तर दिएको तितो अनुभव उनीसँग छ ।
पत्रकारिता सँगै सागीतिक यात्रालाई अगाडि बढाएकोले गीत रेर्कड गर्दा अरु नयाँ कलाकारलाई जति दुख हुन्थ्यो त्यति उनलाई भने भएन । किनकि धेरै अग्रज दाईहरुलाई चिनिसकेको र उनीहरुको सरसल्लाह अनुसार उनले काम गर्ने गर्थे । विगतमा भन्दा अहिले गीतसंगीत क्षेत्रमा धेरै परिवर्तन देखिएको उनले बताए । ‘पहिला अडियो एल्बम बिक्री हुन्थ्यो भने अहिले केही पनि हुँदैन । चलेको कलाकार छ भने स्टेजबाट नै आम्दानी हुन्छ भने नयाँलाई धेरै संघर्ष गर्नुपर्छ । नयाँ राम्रा र प्रतिभा भएका कलाकारलाई उचित स्थानमा सहभागी गराउनुपर्ने हुन्छ । तर अहिले त्यस्तो हुन सकेको छैन । अहिले प्रविधिले गर्दा पनि कलाकार भएर बाँच्न नसकिने अवस्था बनाएको छ। नयाँ कलाकारको उपस्थिति बाक्लो हुँदै गएपनि लोक कलाकारको भविष्य अनिश्चित देखिन्छ’ उनले गुनासो गरे । ‘पछिल्लो समयमा बजारमा आएका गीत आधुनिक पाराका छन् । कतिपय गाउन पनि सकिंदैन ।
गीत भनेको सरल र एकपटक सुनेपछि मुखमा झुण्डिने खालको हुनपर्छ । गीतलाई नयाँ भन्दा पनि कतिपय स्थापित कलाकारले बङ्गाएको जस्तो लाग्छ । नयाँ त उनीहरुकै सिको गर्ने नै त हो । नयाँ र फरक गीत गर्छु भन्दा झनै विकृति र विसंगीति भित्रिएको छ’ उनले थपे ।
समाधान राष्ट्रिय दैनिकमा विगत ३ वर्षदेखि पत्रकारको रुपमा क्रियशिल उनी छन् । पत्रिका मार्फत लोकसंगीतको बारेमा कलम उनले चलाईरहेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति पर्वतको सह–कोषाध्यक्ष रहेका उनी चलचित्र पत्रकार संघ कास्कीको कार्यसमिति सदस्य हुन् । सञ्चारकर्मी रहेर रेडियो सिटी पोखरामा ८ महिना काम गरे अनुभव लिएका उनी हाल पोखराको विग एफएममा कार्यक्रम ‘रमझम’ सञ्चालन गर्दै श्रोतामाझ परिचित बनेका छन् ।
अधिकांश समय पत्रकारितामा दिँदा स्टेज कार्यक्रममा त्यति धेरै सक्रिय हुन नसकेको अनुभव उनीसँग छ । ‘अब विस्तारै दुवै क्षेत्रमा समय मिलाएर अगाडि बढ्ने सोच बनाएको छु’ उनले भनेका छन् । भविष्यमा पत्रकारिता र गीतसंगीतलाई सँगै अगाडि लैजाने सोच उनले बनाएका छन् । ‘संगीत क्षेत्रको कल्याणका लागि स्थापना भएका संघ–संस्थाहरुले कलाकार र गीतको लागि केही गर्न सके लोकसंगीत को माहोल निकै फराकिलो हुने गथ्र्यो’ उनले भने । परिवारको एक्लो छोरो उनलाई यो क्षेत्रमा अगाडि बढ्न परिवारबाट राम्रो साथ र सर्पोट छ ।
उनै सुवेदीले कुशुम केसी सँगको सहकार्यमा ‘हाई हाई हाई’ नामक तीजको गीत समेत बजारमा ल्याएका थिए । यो गीतबाट पनि उनले राम्रै चर्चा कमाए । ‘ठाउँ–ठाउँबाट चिन्ने र फेसबुकमा रहने साथीहरुले गीतको राम्रो प्रतिक्रिया दिनुभयो खुशी लागेको छ । यही गीतले गर्दा तीजका केही कार्यक्रममा सहभागी हुन पनि पाए’ उत्साहित हुँदै उनले भने । निरन्तर पत्रकारिता र साँगीतिक कोशेलीको माध्यमबाट यो क्षेत्रमा संघर्ष गर्दै अगाडि बढ्ने योजना उनको छ ।
प्रतिक्रियाका लागि ः
उयउमष्बचथ२नmबष् ि।अयm

Post a Comment