0
गोल्डेन न्यूज संवाददाता
सिल्दुजुरे गाविस अन्तर्गत तप्राङ गाउँमा रहेको जुरे भूमि युवा क्लव तप्राङको आयोजनामा नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित भलिवल, बास्केटबल, तीज गीत प्रतियोगिता र छेलो प्रतियोगिता सम्पन्न भएको छ । क्लवले बर्षेनी दुई दशकदेखि संचालन गर्दै आएको तीज मेलामा भलिबलतर्फ २२ टिम, बास्केटबल तर्फ ८ टिम, तीज गीत प्रतियोगिता ६ टिम र छेलो प्रतियोगितामा १० जनाले भाग लिएका थिए । मेलामा भलिवल तर्फ  संरक्षण युवा क्लव, घ्याम्राङ प्रथम, जुरे भुमि युवा क्लव तप्राङ द्वितीय भएका छन् । बास्केटबल तर्फ ताङ्गतिङ्ग युवा क्लवको ए समूह र बी समूह क्रमशः प्रथम र द्वितीय भएका छन् । त्यसैगरी तीजगीततर्फ भान्जी समूह आर्वा प्रथम, शिवशक्ति महिला समूह चाँसु द्वितीय, सयपत्री महिला समूह थाक–५ तृतीय भएका थिए भने छेलो प्रतियोगितामा पोखरा–११ निवासी टेकेन्द्र गुरुङ प्रथम हुन सफल भएका छन् । उनले यो जीत सँगै तीज मेलामा तीन पटकसम्म बीजय हुन सफल भएका छन् । मेलाको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि सिल्दुजुरे गाविसका कार्यालय सचिव रामकृष्ण बाँस्तोलाले जुरे भूमि युवा क्लव तप्राङले तीजको अवसरमा बर्षेनी आयोजना गरेका विभिन्न प्रतियोगितामा खेलकुद र तीज गीतको विकास र संरक्षणमा पु¥याएको योगदानको सह्राना गरे । त्यसैगरी, समापन कार्यक्रमका प्रमुख अतिथि सामाजिक व्यक्तित्व दानबहादुर गुरुङले आगामी बर्षमा खेलकूदसँगै महिलाहरूको तीज गीत प्रतियोगितालाई बढी प्राथमिकता दिनुपर्ने बताए । क्लवका अध्यक्ष रिकेश गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले क्षेत्र नं. १ का उप–सचिव पसबहादुर बाँस्तोला, जिल्ला खेलकूद विकास समिति कास्कीका सदस्य झलकप्रसाद पोखरेल, मेला संयोजक दिलबहादुर क्षेत्री, क्लवका सदस्य कृष्णबहादुर क्षेत्री लगायतले बोलेका थिए भने कार्यक्रमको संचालन क्लवका सदस्यद्वउ विकास क्षेत्री र पदम पौडेलले गरेका थिए ।





Post a Comment

 
Top